शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • अन्नपुर्ण गाउँपालिकाद्धारा कृषकलाई हाते ट्याक्टर वितरण
अन्नपुर्ण गाउँपालिकाद्धारा कृषकलाई हाते ट्याक्टर वितरण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, फागुन २, २०७७
150528776_2944303052525686_2865937164071675418_n
सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषि यान्त्रीकरण प्रवद्र्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाको पचास प्रतिशत अनुदानमा ११ वटा हाते ट्याक्टर वितरण गरिएको हो । गाउँपालिकाका बस्ती स्तरबाट छनौट भएर आएका व्यवसायीक कृषि फर्म र दर्ता भएका कृषि समुहलाई ६ लाख रुपैयाँ बढीको सो उपकरण वितरण गरिएको गाउँपालिकाको कृषी शाखाका कृषि अधिकृत प्रविन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले कृषकहरुलाई उपकरण प्रयोग सम्बन्धी तालिम दिएको छ । ५० प्रतिशत सहुलियत अनुदानमा ट्याक्टर पाएपछि कृषकहरु हर्षित भएका छन । सो हाते ट्याक्टर आइतबार गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले कृषकहरुलाई वितरण गर्नुभयो । अध्यक्ष क्याप्टेन गर्बुजा पुनले परम्परागत रुपमा गोरु जोतिने स्थानमा हाते ट्याक्टर प्रयोग गर्दा सजिलो र काम छिटो छरितो होस भनेर ट्याक्टर वितरण गरिएको बताउनुभयो। परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन कृषकलाई हाते ट्याक्टर सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । ट्याक्टरले कृषकलाई सहज र कृषि यान्त्रीकरणमा सहयोग पुग्ने बताउदै अध्यक्ष क्याप्टेन गर्बुजा पुनले छिटो छरितो बेमौसमी खेती गर्ने कृषकलाई ट्याक्टर महत्वपुर्ण हुने बताउनुभयो । गोरुमार्फत खेत जोत्दै आएका किसानले ट्याक्टरको प्रयोग गर्दा खेतको सबै स्थानमा एकै नासले जोत्न सकिने बताएका छन् । कार्यक्रममा गाउँपालिकाका  निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्य ,प्राविधिक कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।        
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १९:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP