शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मुख्यमन्त्री भलिबल कप : महिला तर्फको उपाधी म्याग्दीलाई
मुख्यमन्त्री भलिबल कप : महिला तर्फको उपाधी म्याग्दीलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, फागुन ८, २०७७
cm cupMahila
कास्की । मुख्यमन्त्री प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधी म्याग्दीले जितेको छ । म्याग्दीले कास्कीको पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा पर्वत माथि सोझो सेटको जित हात पार्दै सो उपाधी जित्न सफल भएको हो ।म्याग्दीले पहिलो सेट २५–१४, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–१७ ले आफ्नो आफ्नो पक्षमा पार्‍यो । प्रतियोगिताको विजेता बनेको म्याग्दीले २ लाख प्राप्त गर्दा उपविजेता बनेको पर्वतले १ लाखमा चित्त बुझायो ।तेस्रो बनेको तनहुँले ५० हजार प्राप्त गरेको छ ।कास्की जिल्ला भलिबल संघको आयोजनामा फागुन ४ देखी सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका ९ जिल्लाको सहभागिता थियो । प्रतियोगिताको महिलातर्फ म्याग्दीका अरुणा शाही सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । म्याग्दीलाई प्रतियोगिताको उपाधि दिलाउन अरुणाले उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो। महिलातर्फ तनहुँकी उषा भण्डारी उत्कृष्ट स्पाइकर, पर्वतकी हिरा केसी उत्कृष्ट ब्लकर, म्याग्दीकी कमला पुन उत्कृष्ट सर्भर, तनहुँकी बबिसरा राना उत्कृष्ट सेटर, कास्कीकी अंशु थापा उत्कृष्ट लिब्रो र म्याग्दीका तेजेन्द्र बानियाँ क्षेत्री उत्कृष्ट प्रशिक्षक घोषित हुनुभएको छ ।    
प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  १९:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP