शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पर्यटन प्रवर्द्धन गर्न बेनी पिस सिटीको मालिका हाइकिङ (फोटो फिचर)
पर्यटन प्रवर्द्धन गर्न बेनी पिस सिटीको मालिका हाइकिङ (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, फागुन ९, २०७७
malika padyatra 22
साधन राम्जाली बेनी । म्याग्दीको पर्यटकीय एवं धार्मिक स्थल मालिका धुरीको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले यहाँको एक सामाजिक संस्थाले (दुई दिने) मालिका हाइकिङ गरेको छ । लायन्स क्लब अफ बेनी पिस सिटीको आयोजनामा मालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले क्लबका पदाधिकारी, पर्यटन अभियन्ता, सञ्चारकर्मी, स्थानीय अगुवा, सरोकारवाला सहितको टोलीले मालिका धुरी पदयात्रा गरेका हुन् । जिल्लाको सदरमुकाम बेनीबाट सवारी हुँदै गएको टोली मालिका गाउँपालिका वडा नम्बर ७ ,बिमको धौलाधुरीबाट हाइकिङ (पदयात्रा) थालेका थिए । शुक्रबार र शनिबार गरी दुई दिनमा सम्पन्न पदयात्रामा २६ जनाको सहभागिता रहेको थियो । जिल्लाको धार्मिक एवं पर्यटकीय स्थल मालिकाको पर्यटन प्रवद्र्धनमा थप टेवा पु¥याउने उद्धेश्यले हाइकिङ कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष खम थापा मगरले बताउनुभयो । ‘म्याग्दी जिल्लामा भएका विभिन्न मुख्य पर्यटकीय ठाउँहरुलाई प्रवद्र्धन गर्ने हिसाबले हाइकिङ कार्यक्रम राखिएको हो ’– अध्यक्ष थापा मगरले भन्नुभयो । उहाँका अनुसार, क्लबले यस अघि मंगला गाउँपालिकाको चर्चित पर्यटकीय स्थल झाँक्रीपानीमा फोटो खिच्ने प्रतियोगिता र धवलागिरि गाउँपालिकाको ताकमकोटमा समेत पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ । मालिकाको वडा नं ६ दरबाङ, ७ विम र रघुगंगा गाउँपालिकाको वडा नं ६ पाखापानीको सिमानामा रहेको मालिका धुरी समुन्द्री सतहदेखी ३ हजार १ ७० मिटर उचाईमा अवस्थित छ । मालिकामा विशेष गरी बैशाखको चण्डीपूर्णिमा, ज्यष्ठीपूर्णिमा, कात्तिके पूर्णिमा र बालाचतुर्दशीमा विशेष पुजा आजासहित मेला लाग्ने गर्दछ । पुजा गरेमा मालिकाले मनोकामना पुरा गरिदिने जनविश्वास छ । मालिका मन्दिरको साथमा कालिका र जालपादेवी पनि सँगै रहेका छन् । धुरीबाट गुर्जा, चुरेन, धौलागिरि, अन्नपूर्ण, माछापुच्छे« लगायतका हिमालहरुलाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मालिका धुरीको धार्मिक एवं पर्यटकीय सम्भावनाको उजागर गर्न कार्यक्रमले थप टेवा पु¥याउनेमा मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाइजाले अपेक्षा व्यक्त गर्नुभयो । मानविय सेवा र सामाजिक सेवा संगै जिल्लामा रहेका सम्भावनाहरुको उजागर गर्न क्लबको सक्रियतालाई बढाइएको र जिल्लाका सबै स्थानीय तहमा यस्ता कार्यक्रम सञ्चालन गरिने क्लबका संस्थापक अध्यक्ष राजेश शाक्यले बताउनुभयो । ‘म्याग्दीमा धेरै प्रमुख पर्यटकीय एवं धार्मिक गन्तव्यहरु छन् ,प्रचारप्रसार र पुर्वाधार अभाव हुँदा ती स्थानहरु ओझेलमा परेका छन्,’ अध्यक्ष शाक्यले भन्नुभयो ,‘ओझेलमा परेका पर्यटकीय गन्तव्यहरुको उजागर गरी राज्यका निकायहरुलाई रचनात्मक सहयोग पु¥याउने उद्धेश्यले अभियान सञ्चालन गरेका हौं ।’ लायन्स क्लब अफ रिजन जोन चियर पर्सन लोकेश पुन मगरले मालिकालाई प्रमुख पर्यटकीय एवं धार्मिक गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । मनोरम प्राकृतिक वातावरणमा रमाउनसंगै आफ्नो मनोकाँक्षालाई पुरा गर्नका लागि पनि मालिकाधुरीको महिमा जोडिएकाले यस क्षेत्रको प्रचार प्रसारमा पदयात्राले रचनात्मक रुपमा प्रचार प्रसारमा टेवा पुग्ने म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङका पूर्व अध्यक्ष समेत रहनुभएका बिमका सामाजिक अभियन्ता दल शेरपुञ्जाले बताउनुभयो । शुक्रवार पदयात्रा मार्फत मालिका पुगेको टोलीले शनिवार मालिका मन्दिरका समितिसंग समेत अन्र्तक्रिया गरेको थियो । यसैबिच क्लबले बिमको मालिका र फुलपाती आमा समुहलाई खाना पकाउने एक÷एक थान ग्याँस सेट सहयोग गरेको क्लबका सचिव सन्दिप खत्रीले जानकारी दिनुभयो । जिल्लाको सदरमुकाम बेनीबाट दरबाङ, विम हुँदै मालिका जान सकिन्छ भने दुखु र हिदीबाट समेत मालिका पुग्न सकिन्छ । त्यस्तै सदरमुकाम बेनीबाटै अर्थुङ्गे, पुलाचौर, डडुवा हुँदै पर्यटकीयस्थल टोड्केको धुरीबाट पनि मालिका जान सकिन्छ ।                                          
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १०:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP