शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल बिजेता टिमलाई गृह जिल्ला म्याग्दीमा भव्य सम्मान ( भिडिओ/फोटो फिचर )
मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल बिजेता टिमलाई गृह जिल्ला म्याग्दीमा भव्य सम्मान ( भिडिओ/फोटो फिचर )
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, फागुन १२, २०७७
DSC_0273
म्याग्दी । कास्कीको पोखरा रंगशालामा सम्पन्न मुख्यमन्त्री कप प्रदेश स्तरिय महिला भलिबल प्रतियोगितामा विजेता बनेको म्याग्दी महिला भलिबल टोलीलाई गृहजिल्लामा सम्मान गरिएको छ । जिल्ला भलिबल संघ ,म्याग्दीको आयोजनामा खेलाडीलाई पञ्चेबाजा घन्काउदै बेनीबजार परिक्रमा गराएको हो । भिडिओ हेर्नुहोस्   [embed]https://youtu.be/8LDPbr48xbo[/embed] प्रदेशस्तरीय महिला भलिबलको उपाधी जितेर म्याग्दीको शीर उच्च बनाएको भन्दै भलिबल संघको आयोजनामा निजी तथा सरकारी विद्यालयका विद्यार्थी सहितको उपस्थिती स्वागत सम्मान सहित बिरेन्द्रचोक, न्यूरोड, क्याम्पसचोक, गणेशटोल, बैंकरोड हुदै जिससको सभाहलमा कार्यक्रम गरी सम्मान गरिएको थियो । सम्मान कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद विनोद केसीले भलिबल खेलमा म्याग्दीको राष्ट्रियस्तरमा पहिचान रहेको बताउनुभयो । उहाले खेल क्षेत्रको विकासका लागि थप बजेट लगायत पुर्वाधारमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । जिसस प्रमुख देबेन्द्रबहादुर केसीले भलिबल खेलाडीलाई बधाई दिदैं खेलकुदमा तीनै तहले बजेट विनियोजनमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा प्रजिअ उमाकान्त अधिकारी, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर, शसस्त्र प्रहरीका डिएसपी हरि गुरुङ, राष्ट्रिय अनुसन्धान म्याग्दीका प्रमुख महेश गुरूङ, जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष रमेशकुमार श्रेष्ठ, समाजसेवी बिमला गौचन, जिल्ला खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष कृष्णकुमार विश्वकर्मा, भलिबलका प्रमुख प्रशिक्षक तेजेन्द्र बानियाँ, लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो । महिला भलिबलकी क्याप्टेन अरुणा शाही, खेलाडी कमला पुन प्रशिक्षणमा ब्यस्त रहेकाले उपकप्तान पवित्रा सिर्पाली सहितको उपस्थिती रहेको थियो । पोखरा रंगशालामा शनिबार सम्पन्न खेलमा म्याग्दीले छिमेकी जिल्ला पर्वतलाई सोझो सेटमा पराजित गर्दै उपाधी रक्षा गरेको थियो भने पुरुषतर्फ म्याग्दी सेमिफाइनबाट बाहिरिएको थियो । उपाधीसंगै दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। प्रतियोगितामा कप्तान अरुणा शाही सर्वोत्कृष्ट खेलाडी, प्रशिक्षक बानियाँ उत्कृष्ट प्रशिक्षक र कमला पुन उत्कृष्ट सर्भर घोषित हुदैं जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त समेत गरेका थिए।  
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  २२:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP