शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • विविध कार्यक्रमसहित रुपा गाउँपालिकाले स्थापना दिवस मनाउने
विविध कार्यक्रमसहित रुपा गाउँपालिकाले स्थापना दिवस मनाउने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन १४, २०७७
oefio
पोखरा । कास्कीको रुपा गाउँपालिकाले खेलकुदका विभिन्न गतिविधि गर्दै स्थापना दिवस मनाउने भएको छ । स्थापना दिवसको अवसरमा गाउँपालिकाले भलिबल, झाँकी, माला प्रतियोगिता लगायतका कार्यक्रम गर्दै चौथो स्थापना दिवस मनाउने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । त्यसैगरि अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता पनि आयोजना गर्ने गाउँपालिकाले जनाएको छ । फागुन २४ देखि सुरु हुने प्रतियोगिता फागुन २७ गतेसम्म चल्ने अध्यक्ष नवराज ओझाले बताए । प्रतियोगितामा देशभरका टीमहरुले सहभागिता जनाउन सक्ने ओझाले जानकारी दिए । प्रतियोगिताको उपाधि विजेतालाई ८०, उपबिजेतालाई ६०, तृतीयलाई ४० हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजक रुपा गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार तथा उत्कृष्ट बेस्ट स्पाइक, सर्भर, ब्लकर, सेटर, लिब्रोलाई ३ हजार तथा अनुशासित टीमलाई मायाको चिनो प्रदान गरिने अध्यक्ष ओझाले बताए । रुपाले स्थापना दिवसको अवसरमा झाँकी प्रतियोगिता समेत गर्ने भएको छ । स्थापना दिवसको अवसरमा फागुन २७ गते निकालिने झाँकी प्रदर्शनमा सहभागि मध्ये उत्कृष्ट हुने झाँकीलाई नगद ३५ हजार, द्वितीयलाई २० हजार र तृतीयलाई नगद १५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने उनले बताए । लोपोन्मुख जातजातिको संस्कृति परम्परालाई जगेर्ना र संरक्षण गर्ने उद्देश्यले झाँकी प्रतियोगिता गर्न लागिएको अध्यक्ष ओझाले बताए । स्थापना दिवसको अवसरमा माला गास्ने प्रतियोगिता पनि आयोजना गरिने भएको छ । माला बनाउन जागरुक बनाउने उद्देश्यले आयोजित प्रतियोगिताको बिजेतालाई ४ हजार, द्वितीयलाई ३ हजार र तृतीयलाई २ हजारसहित ट्रफी प्रदान गरिने अध्यक्ष ओझाले जानकारी दिए । यसैबीच, गाउँपालिकाले स्थापना दिवसको अवसरमा राष्ट्रनिर्माण र राष्ट्रियताको संरक्षण र सम्बद्र्धनमा योगदान दिने गाउँपालिकाभित्रका लेखक, साहित्यकार तथा विभिन्न विधाबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई जनही १५ हजार १ सय १ सहित ताम्रपत्र र दोषल्ला ओढाएर सम्मान गरिने पनि उनले बताए । nagariknews.nagariknetworkबाट
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १७:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP