शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्ण गाउँपालिकाको गाउँसभा सम्पन्न (तस्बिर सहित)
अन्नपूर्ण गाउँपालिकाको गाउँसभा सम्पन्न (तस्बिर सहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, फागुन २३, २०७७
Dilu pun
पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको गाउँसभा आइतबार पोखरेबगरमा सम्पन्न भएको छ । चालु आर्थिक वर्षको योजना तथा बजेट संसोधन, शिक्षा र वातावरण सम्बन्धी बिधेयक पारित गरेको गाउँसभामा गाउँपालिका र वडा बिभाजन गर्ने प्रस्ताव पेश भएको छ । सभामा भौतिक पूर्बाधार समितिका संयोजक कृष्णप्रसाद बरुवालले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्षको योजना संसोधन र अल्या बजेट बाँडफाँड सम्बन्धी प्रस्ताव पारित भएको छ । एक करोड छ लाख २३ हजार ५०० रुपैयाँ बजेटको ३६ वटा योजना संसोधन भएको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा खर्च हुन नसकेको दुई करोड ४३ लाख दश हजार रुपैयाँ बजेट २८ वटा योजना तथा कार्यक्रममा बिनियोजन भएको छ । सबैभन्दा बढी जनप्रतिनिधिको बैठक भत्ताका लागि चालीस लाख बिनियोजन भएको छ । सुनारी मोटरबाटो मर्मतमा दश लाख, कैलाश माविमा ग्यावीन तथा सुख्खा पर्खाल बनाउ दश लाख, ठुलोबगर कटुञ्जे सडकलाई दश लाख, तातोपानी कुण्ड ब्यवस्थापनमा पाँच लाख, कृषि सामग्री तथा बोयर बोका खरिदमा पाँच लाख, काभ्रे कृषि सडकलाई आठ लाख बिनियोजन भएको छ । मनसुन जन्य बिपद् प्रभावितको निजी आवास पुननिर्माण तथा पुनस्थापनाका लागि दश लाख पचास हजार, प्रभा माविको छात्रावास भवन निर्माणमा दश लाख, रुप्सेसंगम युवा क्लव काभ्रेको खेलमैदान निर्माणका लागि १२ लाख, ठाडोस्वाँरा टुलेन नदी किनारमा ग्यावीन जाली निर्माण गर्न दश लाख, नारच्याङ झरना जग सम्माउने तथा पार्किङ निर्माण गर्न दश लाख बिनियोजन भएको छ । घारमा सभाहल निर्माण गर्न बीस लाख, डोठे रिमा सडकलाई तेह् लाख, मथेनी ठुलाखर्क सडकलाई सात लाख, राम्चे खेलमैदानलाई चौध लाख, दोभान सडकलाई छ लाख, पाउद्धार माविको पुर्बाधार निर्माणलाई आठ लाख पचास हजार, स्वाँत पुल पहिरो नियन्त्रण योजनालाई चार लाख ८४ हजार र शैक्षिक प्रोफाइल बनाउन छ लाख बिनियोजन भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका योजना र बजेट संसोधन गरेको गाउँसभाले आन्तरिक आम्दानीको दर संसोधन गरेको छ । कोरोनाका कारण तातोपानीका कुण्ड र पुनहिल प्रवेश शूल्कको आम्दानी प्रभावित भएपछि आम्दानीको दर संसोधन गर्ने प्रस्ताव उपाध्यक्ष केशमाया मगरले प्रस्तुत गर्नुभएको थियो । तातोपानीको प्रवेश शूल्कबाट १५ लाख रुपैया आम्दानी हुने अनुमान गरिएकोमा संसोधन गरेर एक लाख, १५ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको घोरेपानी पुनहिल पर्यटक प्रवेश शूल्कबाट ५० हजार, एक लाख पचास हजार आम्दानी गर्ने लक्ष्य राखिएको रातोपानी कुण्डबाट १५ हजार, एक लाख पचास हजार आम्दानी गर्ने लक्ष्य राखिएको पाउद्धार तातोपानी कुण्डबाट बीस हजार र पचास हजार आम्दानी हुने अनुमान गरिएको सेकार्कु तातोपानी कुण्डबाट पाँच हजार आम्दानी हुने गरि करको दर कायम भएको छ । सामाजिक बिकास समितिका संयोजक ओमप्रकाश फगामीले पेश गर्नुभएको अन्नपूर्ण गाउँपालिकाको शिक्षा बिधेयक र वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी बिधेयक छलफल पछि पारित भएको छ । शिक्षा बिधेयकमा आधारभूत र माध्यमिक तह सम्मका बिद्यालय सञ्चालन सम्बन्धी ब्यवस्था छ । वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी बिधेयकले पुर्बाधार आयोजना सञ्चालन गर्दा प्रारम्भिक वातावरणयी परिक्षण गर्नुपर्ने र फोहोर ब्यवस्थापनको बिषयलाई समेटेको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले बताउनुभयो । उपाध्यक्ष मगरले हिमाली जिल्लाको नयाँ मापदण्ड अनुसार नागरिकलाई सार्वजनिक सेवामा सहज पहुँच बढाउन र बिकास निर्माणलाई तिब्रता दिन पालिका र वडा बिभाजन गर्ने प्रस्ताव पेश गर्नुभएको थियो । अन्नपूर्ण गाउँपालिकाको हालको वडा नम्वर ५ र ६ को केही भागसहित वडानम्वर ७ र ८ लाई पुनहिल गाउँपालिका कायम गर्ने र हालको वडा नम्वर ५, ६ र ७ लाई विभाजन गरि दुईदुई वटा वडा बनाउन सिफारिस गर्ने प्रस्ताव उपाध्यक्ष मगरले पेश गर्नुभएको थियो । यसैगरी ,वडा न. १, २, ३ र ४ लाई अन्नपूर्ण गाउँपालिकानै कायम गर्ने प्रस्ताव पेश गरिएको थियो । सभाका सदस्यहरुले पालिका र वडा बिभाजन गर्ने प्रस्तावमा बस्ती स्तरमा छलफल गरेर नागरिकको सुझाव अनुसार निर्णय लिनुपर्ने मत राख्नुभएको थियो । सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले संसोधन भएको अल्या बजेट, बातावरण तथा प्राकृतिक विद्येयक र शिक्षा विद्येयकलाई प्रभावकारी रुपमा कार्यान्वयनमा जोड दिन कार्यपालिका सदस्य र कर्मचारीलाई आग्रह गर्नुभयो । अध्यक्ष पुनले गाँउपालिका र वडा टुक्र्याउने प्रस्तावमा जनस्तरको धारणा बुझेर प्रस्तावलाई अघि बढाउने बताउदै बृहत छलफल गरेर आउन सदस्यहरुलाई आग्रह गर्नुभयो । छलफलमा गाउँसभा सदस्यहरु रबिन्द्र गर्बुजा, बुद्धी पुन, रामबहादुर खड्का, दिलिप गर्बुजा, ओमप्रकाश फगामी, टिका घताने, गमप्रसाद फगामी लगायतले सहभागिता जनाउनुभएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  २१:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP