शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • पोखरामा रेस्लिङ प्रतियोगिता हुने
पोखरामा रेस्लिङ प्रतियोगिता हुने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, चैत ४, २०७७
jdk
पोखरा । पोखरामा राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रेस्लिङ संघको आयोजनामा यही चैत्र २० र २१ गते दोस्रो संस्करणको प्रतियोगिता पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा हुने भएको हो । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले सर्वाधिक नगद पुरस्कार भएको रेस्लिङ च्याम्पियनशिप प्रतियोगितामा नेपालका ३५ जना रेसलरले प्रतिस्पर्धा गर्ने जानकारी दिइन् । उनले प्रतियोगितामा च्याम्पियन हुने रेस्लरले सर्वाधिक १ लाख नगद र दोश्रो हुनेले नगद ५० हजार पुरस्कार प्राप्त गर्ने बताइन् । रेस्लिङमा नुवाकोटे टाइगर, थागु, द यूव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर लगायत महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । रेस्लिङमा २२ वर्षदेखि ३८ वर्षसम्मका खेलाडीले भाग लिने महासचिव श्रेष्ठले जानकारी दिइन् । कोभिडका कारण अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता गराउन नसकिएको उनले बताइन् । प्रतियोगितामा प्रवेश शुल्क १ सय र २ सय तोकिएको श्रेष्ठले जानकारी दिइन् । गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले रेस्लिङ प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको बताए । उनले यस्ता प्रतियोगिताले पोखरालाई खेलकुदको हब बनाउन भूमिका खेल्ने बताए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले रेस्लिङ प्रतियोगिता सफल बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । प्रतियोगिताको निर्णायकको भूमिकामा मुख्य निर्णायक प्रदिप पाण्डे सहायक निर्णायकहरु शिसम, मनी र विकास श्रेष्ठ लगायत रहने छन् । प्रतियोगिता सम्पन्न गर्न २९ लाख खर्च हुने अनुमान आयोजक पक्षको रहेको छ । रातोपाटीबाट  
प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  १७:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP