शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • पत्रकार पूर्णिमा श्रेष्ठको टोली अन्नपूर्ण आरोहणमा
पत्रकार पूर्णिमा श्रेष्ठको टोली अन्नपूर्ण आरोहणमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, चैत ८, २०७७
annapurna
पोखरेबगर । पत्रकार पूर्णिमा श्रेष्ठ अन्नपूर्ण हिमाल आरोहणको लागि शनिबार म्याग्दी आउनुभएको छ। गोरखा आरुघाटकी पूर्णिमालाई शनिबार एक कार्यक्रमका विच अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्वुजा पुनले आरोहण सफलताको कामनासहित टोलीलाई बिदाई गर्नुभयो । फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुई म्याकेननले अन्नपूर्ण चुचुरोमा पहिलो पाइला टेकेको ठ्याक्कै ७० वर्ष भयो। उनीहरुले सन् १९५० को जुन ३ तारिख अर्थात् २००७ साल जेठ २१ गते अन्नपूर्ण पहिलोको सफल आरोहण गरेका थिए। अन्नपूर्ण गाउँपालिकाले पनि पूर्णिमाको आरोहणलाई सफल बनाउन अध्यक्ष क्याप्टेन बर्गुजाले व्यक्तीगत एक लाख र गाउँपालिकाले चार लाख रुपैयाँ सहयोग गरेको छ। पूर्णिमाले पनि मौरिसको पदचिन्ह पच्छ्याउँदै अन्नपूर्ण चुचुरोतिरको यात्रा गर्नुहुनेभएको छ । उहाँलाई सेभेन समिट ट्रेक्स एण्ड एक्स्पिडिसनको १७ सदस्यीय टोलीले साथ दिनेछ। निकै कठीन मानिने अन्नपूर्ण शिखर चुम्ने पहिलो नेपाली महिला बन्ने लक्ष्यसहित उहाँ त्यसतर्फ जान लाग्नु भएको हो । ८०९१ मिटर अग्लो ‘अन्नपूर्ण पहिलो’आरोहणको ७० वर्ष पुग्दा पनि त्यसको सफल आरोहण गर्नेको संख्या असाध्यै कम छ। कारण एउटै छ, संसारका ८ हजार मिटर अग्ला १४ मध्ये एउटा भए पनि अन्नपूर्ण चढ्नु साह्रै जोखिमपूर्ण र कठिन छ। नेपाली महिलाहरु त यसको चुचुरोमा पुगेकै छैनन्। गण्डकी प्रदेश सरकारले पूर्णिमालाई ८ लाख रुपैयाँ आर्थिक सहयोग पनि गरेको छ । सफलतासँगै पूर्णिमाको नाममा पहिलो महिला सफल आरोहीको किर्तिमानी रहनेछ। गण्डकीमा ८ हजार मिटरभन्दा अग्ला अन्नपूर्ण, धौलागिरी र मनास्लु रहेका छन। पूर्णिमाले यसअघि मनास्लु, सगरमाथा र आमादब्लमको सफल आरोहण गरिसक्नुभएको छ ।विदाईमा वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल र लेखा अधिकृत जय सुवेदी लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  १३:४९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP