शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • विद्युतभार कटौतीले तनहुँका उपभोक्ता हैरान
विद्युतभार कटौतीले तनहुँका उपभोक्ता हैरान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, साउन २९, २०७८
तनहुँ । अघोषितरुपमा हुने विद्युत्भार कटौतीका कारण तनहुँका उपभोक्ता हैरान बन्दै गएका छन् । विनासूचना प्राधिकरणले पटकपटक विद्युत् कटौती गर्दा अनलाइन कक्षा पढ्ने विद्यार्थी र उद्योगी व्यवसायी मर्कामा छन् । लामो समयदेखि दैनिक विद्युत् जाने आउने समस्या भइरहेको उपभोक्ताको गुनासो छ । जिल्लाको म्याग्दे गाउँपालिकामा १० दिनदेखि विद्युत् अवरुद्ध भएपछि स्थानीयवासी मर्कामा छन् । मर्मत गर्नेतर्फ विद्युत् प्राधिकरणले चासो नदेखाएको उद्योग वाणिज्य सङ्घ थर्पु बजार इकाइ सभापति भीमलाल श्रेष्ठले बताउनुभयो । “दश दिन भइसक्यो विद्युतको समस्या छ, पटकपटक जानकारी गराउँदा पनि चासो दिइएको छैन”, उहाँले भन्नुभयो । विद्युत् अनियमित हुँदा अनलाइन कक्षा पढ्ने विद्यार्थी बढी मारमा परेको स्थानीयवासी रामभक्त घिमिरेले बताउनुभयो । “विद्युत् प्राधिकरणलाई आइतबारसम्म यो समस्या समाधान गर्न अल्टिमेटम दिएका छौँ, त्यसभित्र पनि मर्मत नभए विद्युत् प्राधिकरणमा ताला लगाइदिन्छौँ”, उहाँले भन्नुभयो । विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीले म्याग्दे क्षेत्रमा समस्या आएको ठाउँ पत्ता लगाउन नसक्दा मर्मतमा कठिनाइ भएको बताउनुभयो । “राजमार्ग क्षेत्रमा विद्युत् नियमित भए पनि भित्री क्षेत्रमा मर्मत कार्य जारी छ, कहाँनेर समस्या छ भन्ने पत्ता लगाउन गाह्रो भइरहेको छ”, उहाँले भन्नुभयो, “छिट्टै उक्त समस्या समाधान हुन्छ”, उहाँका अनुसार सुरुका केही दिन थर्पु शाखाका प्राविधिकले मर्मतका लागि काम गरे पनि समस्या समाधान हुन नसकेपछि अहिले जिल्लाबाटै प्राविधिक खटिएका छन् । शुक्लागण्डकी नगरपालिकामा पनि अनियमित विद्युत्ले सर्वसाधारण हैरान छन् । “लाइन कति बेला जान्छ । कति बेला आउँछ पत्तो हुँदैन”, शुक्लागण्डकी–३ कवासे निवासी समुन्द्र कार्की भन्नुभयो, “यतिबेला बाबुनानीको अनलाइन कक्षा चलेको छ । बेलाबेला लाइन जाँदा पढ्न समस्या भएको छ ।” कहिलेकाहीँ दिनमा १० पटकसम्म पनि लाइने जाने गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान, दिउँसो, बेलुका जुनसुकैबेला पनि विद्युत् अवरुद्ध हुने समस्या छ । विद्युत् जाने समस्याले अनलाइन कक्षा चलाउनै समस्या हुने गरेको ज्ञानबगैँचा बोर्डिङ स्कूल बेलचौताराका प्रधानाध्यापक सुरेश पौडेलले बताउनुभयो । “कक्षा सुरु भयो लाइन जान्छ, फेरि आउँछ, हैरान बनाउँछ । यो समस्याले प्लानिङअनुसार पढाउन सकिँदैन । तालिका अस्तव्यस्त हुन्छ”, उहाँले भन्नुभयो । विद्युतभार कटौती धेरै हुन थालेपछि विद्यालयले इन्भटर खरिद गरेको छ । विद्यालयले इन्भटर व्यवस्था गरेर कक्षा चलाउँदा विद्यार्थी भने लाइन गएका बेला एक दुई जना मात्रै सहभागी हुने गरेको उहाँले जानकारी दिनुभयो । विनाजानकारी विद्युत् कटौती गर्नुको सट्टा घोषितरुपमै विद्यत्भार कटौती गर्दा सहज हुने उहाँको भनाइ छ । “विद्युतभार कटौतीको तालिका भए त्यहीअनुसार अनलाइन कक्षाको तालिका बनाएर पढाइन्थो”, उहाँले भन्नुभयो । दैनिक विद्युत् अनियमित हुँदा उद्योग सञ्चालक पनि मारमा परेको शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष हरिकुमार श्रेष्ठले बताउनुभयो । केही उद्योग धरासायी बन्ने अवस्था सिर्जना भएको उहाँले गुनासो गर्नुभयो । पटकपटक समस्या समाधानका लागि प्राधिकरणको ध्यानाकर्षण गराए पनि समस्या नहटेको उहाँको भनाइ थियो । विद्युत् अनियमितता हुन थालेपछि कतिपयले बिग्रिएर थन्काएका इन्भटर ब्याट्री मर्मत गरेर पुनःप्रयोगमा ल्याउन थालेका छन् । जिल्लामा बेलचौतारा सवस्टेसनबाट विद्युत् वितरण हुने शुक्लागण्डकी तथा भिमाद नगरपालिकालगायतका विभिन्न क्षेत्रका उपभोक्ताले अघोषित विद्युतभार कटौतीको सास्ती खेप्नुपरेको हो । फिडरमा समस्या देखिएकाले लाइन काटिने समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरण लेखनाथ वितरण केन्द्रका प्रमुख परितोष चौधरीले बताउनुभयो । रासस
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १२:१०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP