बेनी ।नेपाली कांग्रेस बेनी नगरपालिकाको सभापतिमा युवा नेता रबिन्द्र कार्कीले उम्मेद्धारी घोषणा गर्नुभएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ९ असोजमा हुने गाउँ÷नगर अधिवेशनका लागि कार्कीले आफ्नो नेतृत्वमा शुक्रबार जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्यानल घोषणा गर्नुभएको हो ।

कार्की नेतृत्वको उपसभापतिमा मनोज कार्की, गंगाबहादुर खत्री, सचिवमा झलक जिसी, संगिता श्रेष्ठ, सह–सचिवमा संगम कुमार विश्वकर्मा, पुष्पा कार्की महत रहनुभएको छ । ‘आन्तरिक पार्टी सुदृढीकरण हाम्रो जिम्मेवारी, अग्रजको होस र युवाको जोस’ सहितको नेतृत्वका लागि उम्मेद्धारीदिइएको उहाँको भनाई छ । सभापतिका दावेदार कार्कीले आफुहरुको अन्तिम सम्म पनि सहमतीका लागि प्रयास गर्ने बताउनुभयो । सर्वसम्मत नेतृत्व चयनका लागि अन्तिम समयसम्म प्रयास गर्ने र निर्वाचन भए आफ्नो समुहले बहुमत ल्याउने उहाँको दावी । सभापतिका दावेदार कार्कीले तरुणदलबाट राजनितिक यात्रा सुरु गर्नुभएको थियो ।
(भिडिओ हेर्नुहोस्)
https://youtu.be/faM4daist0o

उहाँले आफुलाई बेनी नगरपालिका १० वटै वडाका तरुण दल र सभापतिहरुकोको समर्थन रहेको दावी गर्नुभयो। कार्यक्रम नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन, नेपाल मगर संघ म्याग्दीका अध्यक्ष तथा कांग्रेस म्याग्दीका सचिव पदका उम्मेद्धार हिरा बहादुर पुन लगाएतको उपस्थिती रहेको थियो । यस अघि युवा नेता बिक्रम बोगटीले पनि नगरसभापती घोषणा गर्नुभएको छ ।