शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बेनीमा ११ औं तोरन्ल गोल्डकप सुरु (फोटो फिचर)
बेनीमा ११ औं तोरन्ल गोल्डकप सुरु (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असोज १५, २०७८
toranla goldcup
बेनी । म्याग्दी सदरमुकाम बेनीमा ११ औं केन्द्रिय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा खेल प्रतियोगिता सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको सहआयोजनामा शुक्रबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा १८ समुह सहभागी छन् । कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले थकाली समुदायको परम्परागत तारो हान्ने खेलको संरक्षण ,खेल पर्यटन प्रर्वद्धन र विकास गर्न सबै चासो दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अग्रजहरुको योगदानलाई सम्मान गर्दै खेलकुद सहित थकाली समुदायको कला,भाषा र संस्कृतीको जगेर्ना र संरक्षणमा लाग्न आग्रह गर्नुभयो । आफ्नो समुदायमा भाषा ,कला ,संस्कृती र संस्कार हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै सांसद तुलाचनले भन्नुभयो ,‘थकाली समुदायको बसोबास भएको क्षेत्रमा समाजघर लगायत भौतिक संरचनाहरु बनाएर अन्य सामाजिक काममा पनि सहयोग पुगेको छ ,’ ‘तर हाम्रो थकाली भाषा ,फागुमा तारा खेल्दा संगै गाइने गित र मृत्युमा गरिने झाँक्री संस्कार हराएको ।’ बि.सं.२०४७ देखि सुरु भएको तोरन्ल गोल्डकप प्रत्येक तीन–तीन बर्षमा आयोजना गरिँदै आएको थकाली सेवा समिति नेपालका सोमप्रसाद तुलाचनले बताउनुभयो । २०७७ मा हुनुपर्ने प्रतियोगिता कोरोना महामारीको जोखिमका कारण एक बर्ष पछि धकेलिएको उहाँको भनाई छ । यसअघि चन्द र सहयोग संकलन गरेर आयोजना गरिँदै आएको गोल्डकप यसपाली भने ५१ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको अध्यक्ष तुलाचनले जानकारी दिनुभयो । उहाँका अनुसार कोषमा निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष स्वर्गिय शरदकुमार गौचनको नाममा उहाँकी श्रमती आशाले दश लाख रुपैयाँ सहयोग गर्नुभएको छ । प्रतियोगिताको बिजेता समुहले सुनको पाँच तोलाको मेडल ,रनिङ शिल्ड , कप र एक लाख रुपैयाँ पाउनेछन् । दास्रो ,तेस्रो ,चौथो र सान्त्वना हुनेले क्रमश पचास हजार ,पच्चिस हजार, दश हजार र पाँच हजार रुपैयाँ पाउने थकाली सेवा समितिका महासचिव रबिन शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार सर्बोत्कृष्ट ,विशिष्ट ,अनुशासित समुह ,जेष्ठ र कम उमेरका खेलाडीलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रथम पुरस्कार सांसद तुलाचन,दृत्तिय पुरस्कार बुद्धिप्रसाद शेरचन र तेस्रो पुस्कार रमेश भट्टचनले प्रायोजन गर्नुभएको आयोजकले जनाएको छ । परापुर्व कालमा खेतिबाली लगाएर र थन्काएपछि मनोरञ्जनका लागि तारो खेल्ने चलन थियो । तारो खेललमा बाँसको धनुषवाण र लेकाली भेगमा पाइने जरबुताको तिर हुन्छ । करिब देढ सय मितर वारीपारी राखिएका दुई वटा काठका फ्ल्याकमा तिर हान्ने गरिन्छ । १५ दोहोरको खेलमा सबै भन्दा धेरै फल्याकमा तिर लगाउने समुह विजयी हुनेगर्दछन् । त्यसैगरी फल्याकको विच भागमा राखिने गोलो आकारको सानो भागमा तिर लगाउनेलाई खोल भएको मानिन्छ । प्रतियोगिताको उद्घाटन हुनुपुर्व समुदायको जातीय पहिचान झल्कने झाँकी र बाजागाजा सहित बजार परिक्रमा गरिएको थियो । कार्यक्रममा बेनी नगरपालिकाका नगर प्रमुख हरिकुमार श्रेष्ठ ,गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङका स्वकिय सचिव रोहित गुरुङ ,वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १६:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP