शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • होटल यतिको लोक सांस्कृतिक साँझमा विभिन्न व्यक्तिहरु सम्मानित (फोटोफिचर)
होटल यतिको लोक सांस्कृतिक साँझमा विभिन्न व्यक्तिहरु सम्मानित (फोटोफिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, कात्तिक १७, २०७८
IMG_5519
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको क्याम्पसचोकमा सञ्चालित होटल यतिको आयोजनामा यति लोक सांस्कृतिक साँझ–२०७८ मनाइएको छ । होटलका संस्थापक स्वर्गीय राम गौचनको स्मृति र शुभदिपावलीको अवसरमा मङ्गलबार यति लोक सांस्कृतिक साँझको आयोजना गरिएको हो । ‘लोक संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धन’ भन्ने नारासहित आयोजना गरिएको सांस्कृतिक साँझको अवसर पारेर म्याग्दी जिल्लाको विविध क्षेत्रमा योगदान पु¥याएका पाँचजना विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय संस्थापक सदस्य एवं लोकगायिका धनकुमारी थापा, साहित्यसँगै शिक्षा क्षेत्रमा क्रियाशील म्याग्दी बहुमुखी क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मी, मोडल सुनिल बानियाँ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा ँम्याग्दीका संस्थापक अध्यक्ष एवं कान्तिपुर दैनिकका उपसम्पादक घनश्याम खड्का र कलाकार प्रकाश दुतराज रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, विशिष्ट अतिथि नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी र यति होटलका प्रोप्राइटर बिमला गौचनले अबिर लगाई, दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरेका थिए । कार्यक्रमको उद्घाटनसँगै विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दै नगर प्रमुख श्रेष्ठले यति होटलका संस्थापक राम गौचनले जिल्लाको सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सहसभापति नेत्रबहादुर महत, उपसभापति माधव रेग्मी, म्याग्दी होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका जिल्ला अध्यक्ष बाबुराम आचार्य र आन्तरिक पर्यटन पुनरुत्थान समितिका सचिव भरत रकालले मन्तव्य राखेका थिए । कार्यक्रम यति होटलका प्रोप्राइटर गौचनको अध्यक्षता तथा स्वागत र कलाकार एवं सञ्चारकर्मी अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा कलाकारहरु बसन्त थापा, सम्भोज मल्ल, प्रकाश दुतराज, रवि कार्की र मिलन विश्वकर्माले आ–आफ्नो साङ्गीतिक प्रस्तुती दिएका थिए । यति लोक सांस्कृतिक साँझको अवसरमा खुल्ला एकल नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो भने जिल्लास्थित विभिन्न कलाकारहरुले भाग लिएका थिए । नेपाल मगर संघ म्याग्दीका कलाकारहरुले लोपोन्मुख थालीनृत्य प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  २०:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP