शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • गर्भवती महिला र बालबालिकाहरुको पोषण स्थितीको तथ्याङक सार्वजनिक
गर्भवती महिला र बालबालिकाहरुको पोषण स्थितीको तथ्याङक सार्वजनिक
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, जेठ ३०, २०७६
IMG_0363

बेनी,बिहिबार जेठ ३० गते । म्याग्दीमा कुपोषित बालबालिका र गर्भवति ,सुत्केरी महिलाहरुको तथ्याङक सार्वजनिक भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा बिहिबार बेनीमा आयोजित एक कार्यक्रमद्धारा तथ्याङक सावृजनिक गरिएको हो ।


गत बैशाख महिनाको २४ गतेदेखी जेठ तीन गतेसम्म महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी तथा स्वास्थ्य कार्यालय म्याग्दीका कर्मचारीहरुको टोलिले सबै पाँच गाउँपालिका र एक नगपालिकाको वडा तहमा पुगेर तथ्याङक संकलन गरेको थियो ।


जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पाँच बर्ष मुनिका बालबालिकाको संख्या ६ हजार ४ सय ५९ र ६ सय ६६ गर्भवती ,सुतकेरी महिलाको संख्या गरि सात हजार १ सय २५ जनाको तथ्याङक सार्वजनिक गरिएको छ । सार्वजनिक तथ्याङक अनुसार कुपोषण र कुष्ठ रोगको संख्या सदरमुकाम बेनी बजार र आसपासका बजारहरुमा बढी पाइएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भिप्रसाद आचार्यले बताउनुभयो ।


म्याग्दी जिल्लाको पोषण लेखाजोखाको अवस्था ः
मालिका गाउँपालिकामा एक हजार ६७ जना पाँच बर्ष मुनिका बालबालिका मध्ये १५ जनामा जोखिम (पहेलो ) , एक जनामा अति जोखीम (रातो ) र १ सय ६२ जना गर्भवती ,सुत्केरी महिला मध्ये २ जनामा जोखिम (पहेलो ) र एक जनामा अति जोखिम (रातो ) ,धौलागिरी गाउँपालिकामा ९ सय ३६ जना ६ महिना देखी पाँच बर्ष मुनिका बालबालिका मध्ये ३५ जनामा जोखिम (पहेलो) र ५ जनामा अति जोखीम (रातो ) ,मंगला गाउँपालिकामा एक हजार १ सय ३ मध्ये १ जनामा जोखिम (पहेलो ) र अति जोखीम रातो शुन्य ,१ सय ८ गर्भवती,सुत्केरी महिला संख्या मध्ये जोखीम पहेलो शुन्य र अति जोखीम रातो शुन्य रहेको छ ।


बेनी नगारपालिकामा १५ सय ५५ छ देखी पाँच बर्ष मुनिका बाललबालिका मध्ये ३२ जनामा जोखीम (पहेलो) र २ जनामा अति जोखीम (रातो)े र १ सय ६५ गर्भवती,सुत्केरी महिलाको संख्या मध्ये ९ जनामा जोखीम (पहेलो )र ४ जनामा अति जोखीम (रातो) ,अन्नपुर्ण गाउँपालिकामा ८ सय ९८ जना ६ महिना देखी पाँच बर्ष मुनिका बालबालिका मध्ये १ जनामा जोखिम (पहेलो ) र अति जोखीम शुन्य र १ सय ४ गर्भवती,सुत्केरी महिलाको संख्या मध्ये ५ जनामा जोखिम (पहेलो) र अति जोखिम (रातो) शुन्य ,रघुगंगा गाउँपालिकामा ९ सय छ देखी पाँच बर्ष मुनिका बाललबालिका मध्ये १३ जनामा जोखिम (पहेलो) ,२ जनामा अति जोखिम (रातो ) जना र १ सय २७ जना गर्भवती,सुत्केरी महिलाको संख्या मध्ये १३ जनामा जोखीम (पहेलो) , २ जना अति जोखिम (राता)े रहेको भटिएको छ ।


कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले तथ्याङक सार्वजनिक संगै जिल्लामा रहेका कुपोषित र कुष्ठ रोगिको संख्या पहिचान गर्न सहज हुने बताउनुभयो । उहाँले कुपोषित र कुष्ठ रोग न्युनिकरणका लागि प्रदेश सरकार संग पहल गर्ने बताउनुभयो ।


कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी र प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जिल्ला रहेका कुपोषित तथा कुष्ठ रोगिको न्युनिकरणका लागि स्थानीय सरोकारवालाहरु सहित सबैले जोड दिनुपर्ने बताउनुभयो । जिसस प्रमुख केसीको अध्यक्षता तथा कुष्ठ रोग फोकल पर्सन मनिषकुमार महतोको संचालनमा कार्यक्रम समापन भएको थियो ।


प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६  १७:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP