शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • जिम्मेवारी थपिएको छ : प्रशिक्षक भट्ट
जिम्मेवारी थपिएको छ : प्रशिक्षक भट्ट
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस १५, २०७८
bhatta
काठमाडौं । नेपाली महिला भलिबल टिमलाई लगातार दोस्रो पटक एसियन भलिबल सेन्ट्रल जोनको उपाधि जिताउन सफल प्रशिक्षक जगदिश भट्टले जिम्मेवारी अझै थपिएको बताउनुभएको छ । बिहीबार त्रिभुवन विमानस्थलमा स्वागत कार्यक्रम पछि प्रशिक्षक भट्टले उपाधि जितेपछि सरकारले घोषणा गरेको पुरस्कारले जिम्मेवारी बढेको बताउनुभएको हो । उहाँले यसअघि जितेर आएपछि पुरस्कारको आशा गर्नुपर्ने भए पनि यसपटक आश्चर्यजनक रुपमा घोषणा भएको बताउनुभयो । ‘अहिलेको खेलकुद मन्त्री कम बोल्ने धेरै काम गर्ने हुनुहुन्छ । हामीले नभनी कनै क्यास प्राइज ५–५ लाख खेलाडीलाई दिने घोषणा गर्नुभएको छ । ‘ प्रशिक्षक भट्टले भन्नुभयो । उहाँले आफूहरुको काम खेल्ने रहेको र त्यसका लागि वातावरण बनाइदिनुपर्ने बताउनुभयो । ‘हामीले खेल्ने काम हो । खेल मैदानमा क्षमता प्रदर्शन गर्ने हो । त्यसका लागि वातावरण बनाइदिनुपर्छ ।’ भट्टले भन्नुभयो, ‘ खेल जित्नु मात्र ठूलो कुरा होइन भलिबललाई अझै माथि उठाउनुपर्छ।’प्रशिक्षक भट्टले अब एकेडेमी र कभर्डहलहरु बनाउनुपर्ने र ग्रासरुटबाट खेलाडीहरु ल्याउनुपर्ने बताउनुभयो । त्यसो भएमात्र आगामी ५ वर्षमा नेपालको भलिबल धेरै माथि जाने उहाँको विश्वास छ । यस्तै कप्तान अरुणा शाहीले पनि नयाँ खेलाडी कम रहेकोले गाउँबाट खेलाडी ल्याउनुपर्ने बताउनुभयो ।नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले सरकारले वार्षिक ३ करोड बजेट भलिबललाई दिनुपर्ने माग राख्दै त्यसपछि भलिबलले अझ धेरै मेडल ल्याउने बताउनुभयो । च्याम्पियन टिमका खेलाडीलानई सरकारले जनही ५ लाख तथा दुई प्रशिक्षकलाई ३–३ लाख र एक अफिसियललाई २ लाख दिने घोषणा गरिसकेको छ । स्वागत कार्यक्रममा खेलकुदमन्त्री महेश्वरजंग गहतराज अथकले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हाताभित्र भलिबलको आफ्नै कभर्डहल बनाउने वाचा गर्नुभयो । अनलाइनबरबाट
प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  १५:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP