शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • अमेरिकालाई रुसी चेतावनीः प्रतिबन्ध लगाइए सम्बन्ध टुट्छ
अमेरिकालाई रुसी चेतावनीः प्रतिबन्ध लगाइए सम्बन्ध टुट्छ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, पुस १६, २०७८
baiden
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जो बाइडनलाई एउटा चेतावनी दिँदै युक्रेनसँग जोडेर नयाँ प्रतिबन्धहरू लगाइए पूर्ण रूपमा सम्बन्ध टुट्न सक्ने बताउनुभएको छ । बिहीवार अबेर अमेरिकी राष्ट्रपतिसँग भएको टेलिफोन वार्तामा पुटिनले त्यस्ता प्रतिबन्धहरू 'ठूलो भुल' हुने बताउनुभएको हो । बाइडनले चाहिँ युक्रेनमाथि हुने जुनकुनै हस्तक्षेपलाई अमेरिका र उसका साझेदारले डटेर जबाफ दिने बताउनुभएको थियो । रुसको आग्रहमा भएको त्यस्तो संवाद एक महिनामै दुई राष्ट्रपतिबिच भएको दोस्रो हो। उहाँहरू बीचको कुराकानी झन्डै एक घण्टा चलेको थियो। बाइडनले राष्ट्रपति पुटिनलाई कूटनीतिक समाधान खोज्न भनेको बताइएको छ। युक्रेनी अधिकारीहरूले रुससँगको पूर्वी सीमानजिक एक लाखभन्दा धेरै रुसी फौज तैनाथ भएको बताइरहँदा तनाव मत्थर पार्ने पछिल्ला प्रयास भएका हुन्।अमेरिकाले पुटिनलाई यदि युक्रेनमाथि हमला गरिए ुयसअघि कसैले नदेखे जस्तोु प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। रुस के भन्छ? सीमानजिक उच्च सैनिक तैनाथीले पश्चिमी विश्वमा चासो बढाएको छ।दुई राष्ट्रपतिबीचको कुराकानी झण्डै एक घण्टा चलेको थियो।तर मस्कोले हमलाको योजना नरहेको बताउँदै ती फौजहरू अभ्यासका क्रममा त्यहाँ रहेको जनाएको छ। उसले रुसी सीमाभित्र सैनिकहरू स्वतन्त्र रूपले सर्न पाउनु आफ्नो अधिकार रहेको बताएको छ। रुसले पश्चिमा विश्वबाट उसले भन्ने गरेको सुरक्षा सुनिश्चितताको माग गरेको छ। बीबीसी
प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  १०:५२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP