शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीका सुजन पुन बने प्रदेशस्तरीय आर्चरी च्याम्पियन
म्याग्दीका सुजन पुन बने प्रदेशस्तरीय आर्चरी च्याम्पियन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस २५, २०७८
main-780x470 archari myagdi
पोखरा । म्याग्दीका सुजन पुन गण्डकी प्रदेशस्तरीय खुल्ला आर्चरी प्रतियोगिताको च्याम्पियन बनेका छन् ।जिल्लाको मालिका गाउँपालिका–१, निस्कोटका सुजनले म्याग्दीकै उमेश तिलिजालाई फाईनल सेट प्वाइन्ट ६–२ अंकले पराजित गर्दै च्याम्पियन बनेका हुन् । उनले नगद २५ हजार राशी पुरस्कार प्राप्त गर्दा उमेशले भने नगद २० हजार राशीमा चिक्त बुझाए । पुन पहिलो दिनको ¥याङकिङ राउण्डमा २७७ अंक हान्दै नकाउट चरण प्रवेश गरेका थिए । नकआउट चरणमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै अन्तत च्याम्पियन बन्न सफल भए । उनी च्याम्पियन भए संगै नगद १ लाख बराबरको खेल सामाग्री प्राप्त गरेका छन् । कास्की जिल्ला आर्चरी संघको आयोजना तथा नेपाल इन्भेष्टमेन्ट बैंकको मुख्य प्रायोजनमा आयोजित स्टाण्डर्ड–३० मिटर प्रतियोगिताको पोखरा रंगशालास्थित आर्चरी मैदानमा शनिबार भएको फाईनलमा तेस्रो स्थानमा भने म्याग्दीका राजु खोर्जा पुनले कास्कीका पूर्ण गौचनलाई ७–१ को सेट प्वाइन्टले पराजित गर्दै नगद १५ हजार राशी पुरस्कार थाप्दा गौचन भने चौथो स्थानमा रहँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे । ६० वर्षमाथिको भेट्रान्स तर्फको प्रतिस्पर्धामा मार्फा थकाली समाजका हिरामान लालचनले २३३ अंक जोड्दै प्रथम भए । तीन गाँउले थकाली समाजका बुद्धि थकाली २२५ अंकसहित दोस्रो स्थानमा रहँदा मनाङ समाजका छोर्तेन गुरुङ २२३ अंकसहित तृतीय भए । भेट्रान्स तर्फको प्रतिस्पर्धामा ७ जना खेलाडीले निशाना लगाएका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आयोजित प्रतियोगितामा चार सेमिफाइनलिष्टसँगै अन्य १२ जना गरी १६ जनालाई बन्द प्रशिक्षणमा राखिने कास्की जिल्ला आर्चरी संघले अध्यक्ष योगन्द्र शेरचनले बताए । प्रतियोगिताका संयोजक एवं संघका उपाध्यक्ष बसन्त गौचन९साकुरा०का अनुसार श्याम गुरुङ, प्रदीप पुर्जा, सुविन्द्र गौचन, चोचाङ फगामी, रविन थापा, निशान तुलाचन, प्रकाश घर्ती, उदयकुमार बुढाथोकी, महेश पुर्जा, अम्रिस पुन, भुपेन्द्र घर्ती र दुर्गा घर्तीलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रारम्भिक छनोट गरिएको छ । उनले उनीहरुबाट स्टाण्डर्ड ३० मिटरको प्रतिस्पर्धामा ४ जना खेलाडी छनोट गरिने जानकारी दिए । प्रतियोगितामा कास्की, बाग्लुङ, पर्वत,म्याग्दी, मुस्ताङ र मनाङका गरी ९ जिल्लाका ६९ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, नेपाल आर्चरी संघका उपाध्यक्ष बसन्त थकाली, अन्नपूर्ण आर्चरी क्लबका संस्थापक अध्यक्ष हरिध्वज तुलाचन, कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचन लगायतले नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । पोखरा स्पोर्टस
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  २०:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP