शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • न्यू योर्क आगलागी हुँदा ९ बालबालिकासहित कम्तीमा १९ को मृत्यु
न्यू योर्क आगलागी हुँदा ९ बालबालिकासहित कम्तीमा १९ को मृत्यु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, पुस २६, २०७८
bew
एजेन्सी । अमेरिकाको न्यू योर्कस्थित एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा ९ बालबालिकासहित कम्तीमा १९ जनाको ज्यान गएको छ। न्यू योर्कका मेयर एरिक यडम्सका अनुसार अन्य ३२ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ र उनीहरूको अवस्था जटिल रहेको छ। मेयरले उक्त घटना सहरका लागि भयानक र पीडादायी क्षण भएको पनि बताउनुभयो।डेमोक्र्याट सिनेटर चक शुमरले पनि संघीय तहमा जे गर्न आवश्यक छ त्यो गरिने प्रतिबद्धता जनाउनुभएको छ । अहिलेसम्म आगो निभाइसकिएको छ। अग्नि विभागका आयुक्त डेनियल निग्रोले १९ तले भवनको प्रत्येक तलामा पीडितहरू भेटिएको बताउनुभएको छ । उहाँले उक्त आगलागीलाई पहिला कहिल्यै नभएको पनि भन्नुएको छ । उहाँले एनबीसी न्यूजसँग बोल्दै मृत्यु हुनेको सङ्ख्या न्यू योर्कमा ३० वर्षयताकै खराब भन्नुभएको छ ।आयुक्तले आगलागीबारे सूचना पाएको तीन मिनेटमै घटनास्थल पुगेको बताउनुभयो। आगलागीको कारण फिलडेल्फियास्थित अपार्टमेन्टमा आगलागी भएको केही दिनपछि न्यू योर्कमा यो घटना भएको हो। फिलडेल्फियामा पनि आगलागीमा परि ८ बालबालिकासहित १२ जनाको ज्यान गएको थियो।अधिकारीहरूका अनुसार आइतवार न्यू योर्कको ब्रोङ्कस अपार्टमेन्ट ब्लकमा स्थानीय समय अनुसार बिहान करिब ११ बजे दोस्रो र तेस्रो तलामा आगलागी भएको थियो। आगलागी नियन्त्रणका लागि करिब २०० अग्निनियन्त्रकलाई घटनास्थलमा पठाइएको अधिकारीहरूले बताउनुभएको छ । विद्युतीय हिटरमा खराबी आएपछि आगलागी भएको हुनसक्ने ठानिएको छ।आयुक्त निग्रोले दुईवटा तलामा आगो देखिए पनि धुँवा भने सबैतिर फैलिएको बताएका छन्।आयुक्त निग्रोले संवाददाताहरूसँग सबै तलामा पीडितहरू भेटिएको र उनीहरूमा हृदयघात वा श्वासप्रश्वासमा समस्या आएको देखिएको बताएका छन्। नजिकैका बासिन्दा जोर्ज किङ्गले एएफपी समाचार संस्थासँग बोल्दै आगोको ज्वाला देखिएसँगै मानिसहरूले झ्यालबाट हात हल्लाएको बताए। 'मैले धुँवा देखेँ, धेरै मानिसहरू आत्तिएका थिए,' उनले भने, 'कोही पनि भवनबाट हामफाल्न नचाहेको देख्न सकिन्थ्यो।'३२ जना अस्पतालमा पुर्‍याइएको सहित जम्मा ६३ जना मानिसहरू घाइते भएका थिए।त्यसमध्ये १३ जनाको अवस्था गम्भीर रहेको मेयरका वरिष्ठ सल्लाहकारले एएफपीलाई बताएका छन्।बीबीसीबाट
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  ११:१८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP