शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • काबुल विमानस्थलमा छुटेका बालक पाँच महिनापछि फेला
काबुल विमानस्थलमा छुटेका बालक पाँच महिनापछि फेला
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, पुस २६, २०७८
baby
एजेन्सी । काबुलमा यही अगस्टमा आफ्ना अभिभावकबाट छुटेका दुई वर्षीय बालकको पाँच महिनापछि परिवारसँग मिलन भएको छ । १५ अगस्टमा तालिवानले अफगान सत्ता कब्जामा लिएपछि प्रायः अफगानी देश छोड्न खोजिरहेका थिए । देश छोडेर हजारौं मानिस विमानस्थल जाने क्रममा भिडभाड बढेपछि दुई महिनाका बालक सोहिल अहमादीलाई काबुल विमानस्थलको तारबारबाट एक जना अमेरिकी सेनालाई हातमा समाउन दिइएको थियो । अमेरिक दूतावासमा सुरक्षाकर्मीको रुपमा काम गरेका उनका बाबु भिर्जा अली अहमद, आमा सुराया र उनीहरुका अरु चार जना काबुल छोड्ने अमेरिकी विमानको एउटा उडानमा चढिसकेका । उनीहरुले सोहिल देखेनन् । सोहिलको खोजी भयो, तर भेटिएनन् । विमान अमेरिकातर्फ उडिहाल्यो । छोरा कहाँ छुटे उनीहरुलाई केही थाहा भएन् । हराएको सानो बालकका कारण उनीहरु महिनौं तड्पिएर बाँचे । तर, रोयर्टसको एउटा समाचारमा हराएका ती बालकबारे एउटा विवरण सार्वजनिक भयो । सोहिलबारे परिवारको खोजी भन्ने शीर्षकमा रोयर्टसको समाचार विवरणपछि यही नोभेम्बरमा ती बालक २९ वर्षीय ट्याक्सी ड्राइभर हमिद साफीको घरमा फेला परेका थिए । विमानस्थलको एउटा मैदानमा रोइरहेका अवस्थामा साफीले बालकलाई देखेका थिए । बालकका परिवार खोज्ने क्रममा उनले सोहिललाई आफ्नो घरमा लगे । लामो खोजी गरे । बालकको जिम्मा लिने कोही भेटाएनन् । त्यसपछि सोहिललाई आफ्नै सन्तान झैं गरेर पाल्ने निधो गरे । श्रीमतिसँग सल्लाह गरेर उनले बालकको नाम मोहमद अबेद राखे । आफ्ना सन्तानसहित सोहिलको तस्विर पनि आफ्नो फेसबुक पेजमा राखे । आफ्नो नाती जिवितै फेला परेको थाहा पाएपछि उनका हजुरबुबा क्वासेम रजवी उत्तरपूर्वी प्रान्त बादक्सानबाट लामो यात्रा गरेर साफीको घर पुगे । तर, साफीले सोहिललाई दिन मानेन् । बरु आफू र आफ्नो परिवारलाई पनि अमेरिका लगिनु पर्ने माग गरे । ४९ दिन लामो वार्ता तथा छलफलपछि तालिवान प्रहरीले दुई परिवारबीचको समस्या समाधान गर्‍यो । सहमतिबमोजिम शनिबार साफीले हजुरबुबालाई बालक फिर्ता गरिदिए । आफ्नो सन्तान पाँच महिनापछि फेला परेकोमा उनका आमाबाबु निकै खुसी छन्, यद्यपी उनीहरु अमेरिकामा नै छन् । ‘उनीहरु अहिले नाच गान गरेर रमाएका छन्,’ उनका हजुरवुवाले भने । रातोपाटी
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १२:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP