शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • प्रधानमन्त्री कप टी–२० प्रतियोगिताको उपाधि एपिएफलाई
प्रधानमन्त्री कप टी–२० प्रतियोगिताको उपाधि एपिएफलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, माघ ५, २०७८
apf
काठमाडौं । सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो।१५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेटको क्षतिमा १३६ रन मात्र जोड्न सक्यो। पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ६५ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले ५४ बलमा ३ चौका र १ छक्का प्रार गरे।खराब ओपनिङ गरेको पुलिसका ओपनरद्वय पवन सराफ गोल्डेन डकआउट हुँदा अमित श्रेष्ठ पनि ३ रनमा आउट भए।दुवैलाई किशोर महतोले आउट गरेका थिए। त्यसपछि अनिलकुमार साह १० रन र आरिफ शेख १२ रनमा आउट हुँदा पुलिस सुरुमै संकटमा परेको थियो। तर दीपेन्द्रले दिलीप नाथसँग ५६ रनको साझेदारी गरेपछि पुलिसको इनिङ्ग्स उकासिएको थियो। दिलीप २३ रनमा आउट भएपछि दीपेन्द्रको मात्र केही चलेन। दिलिप आउट भएपछि रासिद खान ४ रनमै आउट भएका थिए।बलिङमा एपिएफका किशोर महतोले ३ विकेट लिए भने अभिनास बोहरा, अमरसिंह रटेउला र दीपक बोहराले १–१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपिएफ एक बल खेल्न बाँकी छदा १५७ रनमा अलआउट भयो।उसका लागि अमरसिंह रटेउलाले १५ बलमा २९ रन, लोकेश बमले १५ बलमा २७ रन, सन्दीप जोराले २४ रन, कप्तान शरद भेषवाकरले १९ रन र भुवन कार्कीले १७ रनको योगदान गरे। बलिङमा पुलिसका सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिए। गुल्शन झाले २ विकेट हात पारे। सेतोपाटीबाट
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १३:४४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP