शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कोरोना फैलिएपछि म्याग्दीका विद्यालय,तातोपानी कुण्ड र धार्मिक स्थलहरु दश दिनका लागि बन्द
कोरोना फैलिएपछि म्याग्दीका विद्यालय,तातोपानी कुण्ड र धार्मिक स्थलहरु दश दिनका लागि बन्द
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, माघ ५, २०७८
jilla prasasan ,myagdi
म्याग्दी । कोरोना (भाइरस) को संक्रमण तिब्र रुपमा फैलिएपछि म्याग्दीका विद्यालय, धार्मिक स्थल र तातोपानीका कुण्डहरु दश दिनका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले माघ ६ देखि १५ गतेसम्म जिल्लाभरका शैक्षिक संस्था, धार्मिक स्थल र तातोपानीका कुण्डहरु बन्द गर्ने निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नियन्त्रणका लागि शैक्षिक संस्था, धार्मिक स्थल र तातोपानीका कुण्डहरु दश दिनका लागि बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । यसअघि बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाले पनि बुधबारदेखि माघ १५ गतेसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका थिए । नगर प्रमुख हरिकुमार श्रेष्ठले प्रअहरुसँगको बैठकपछि विद्यालय बन्द गर्ने निर्णय लिएको बताउनुभयो । जिल्लाभर २६० भन्दा बढी शैक्षिक संस्थामा करिब ३५ हजार बिद्यार्थी अध्ययनरत छन् । म्याग्दीमा बुधबार थपिएका सहित सक्रीय संक्रमितको संख्या एक सय जना नाघेको छ । स्वास्थ्यकर्मी, चिकित्सक, जनप्रतिनिधी, कर्मचारी, ब्यापारी र बिद्यार्थीहरु संक्रमित भएका छन् । सिनेमाहल, डान्सबार, नाचघर, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम पनि बन्द गरिएको छ । बेनी नगरपालिका–४, अन्नपूर्ण गाउँपालिका– १, २, ४ र ६, धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा रहेका प्राकृतिक तातोपानीका कुण्ड पनि बन्द गरिएको छ । मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी माघ मसान्त सम्म नित्य पुजा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने निर्णय भएको सहायक प्रजिअ पन्तले बताउनुभयो । यसैगरी जिल्ला भित्र खोप नपाएका ब्यक्तिहरु प्हिचान गरी कोभिड बिरुद्ध खोप अभियानलाई तिब्रता दिने र शैक्षिक क्रियाकलाप बन्द भएता पनि बिद्यालयका लक्षित बिद्यार्थीहरुलाई स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी कोभिड बिरुद्धको खोप लगाउने ब्यवस्था मिलाउने निर्णय भएको छ ।
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १८:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP