शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • ड्युटी सकिएको भन्दै पाकिस्तानी पाइलटले बीचमै विमान उडाउन मानेनन्
ड्युटी सकिएको भन्दै पाकिस्तानी पाइलटले बीचमै विमान उडाउन मानेनन्
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, माघ ७, २०७८
poilot
एजेन्सी । कसैलाई पनि आफ्नो कामको सिफ्ट समाप्त भएपछि काम गर्न मन लाग्दैन । काम बाँकी नै छ भने पनि यसलाई बीचमै रोकेर थाँती राख्न सकिन्छ । तर यो श्रेणीमा सबै काम पर्दैनन् । कति कामहरु सिफ्ट समाप्त भइसक्दा पनि रोक्न मिल्दैन, जस्तै – विमान उडाउनु । तर एक पाकिस्तानका एक पाइलटले आफ्नो सिफ्ट सकिएको भन्दै बीच बाटोमै विमान उडाउन अस्वीकार गरेका छन् । पाकिस्तानी इन्टरनेशनल एयरलाइन्स (पीआईए)को एउटा विमान आइतबार साउदी अरेबियाको रियादबाट इस्लामाबाद उड्नुपर्ने थियो । यद्यपि, पीके–९७५४ ले रियादबाट त उडान भर्यो । तर खराब मौसमका कारण यसलाई साउदी अरेबियाको दम्माममा आकस्मिक अवतरण गराउनुपर्यो । मौसममा सुधार आएपछि विमानका क्याप्टेनले दमामबाट इस्लामाबाद उडान भर्न अस्वीकार गरे किनभने उनको ड्युटी आवर सकिएको थियो । पाइलटले विमान नउडाउनुको कारण बताउँदै गर्दा त्यहाँ उपस्थिति धेरैको रिसको पारा असाध्यै माथि चढिसकेको थियो । त्यसैले आफ्नो रोष व्यक्त गर्दै यात्री विमानबाट ओर्लिएनन् र यसमा आफ्नो विरोध जनाए । अन्ततः स्थितिलाई नियन्त्रणमा ल्याउनका लागि सुरक्षाकर्मीलाई नै बोलाउनुपर्यो । विमानस्थलमा यात्रीका लागि होटलको बन्दोबस्त पनि मिलाइयो ।पीआईएका प्रवक्ताले द एक्सप्रेस ट्रिब्यूनसँगको कुराकानीमा भने, ‘सुरक्षित रुपमा विमान उडाउनु अघि पाइलटले पर्याप्त मात्रामा आराम गरेको हुनुपर्छ, त्यसैले यसै अनुरुप बन्दोबस्त मिलाइएको थियो ।’ती प्रवक्ताले विमानका यात्री त्यसै दिन बेलुका ११ बजे इस्लामाबाद पुगेको पनि जानकारी दिए । रातोपाटीबाट
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १५:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP