शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • भारतमा विद्युतीय बसका कारण ठूलो दुर्घटना, ६ को मृत्यु
भारतमा विद्युतीय बसका कारण ठूलो दुर्घटना, ६ को मृत्यु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, माघ १७, २०७८
ddd
एजेन्सी । आइतबार कानपुरमा तीब्र गतिको विद्युतीय बसका कारण ठूलो दुर्घटना भएको छ । प्रहरीका अनुसार बसले तीन कार र थुप्रै बाइक यात्रीलाई जोत्दै ६ जनाको ज्यान लिएको छ र १० भन्दा बढी दुर्घटनामा घाइते भएका छन् । प्रहरी पूर्वी उपायुक्त प्रमोद कुमारका अनुसार हालसम्म दुर्घटनामा ६ जना मारिएको पुष्टि भइसकेको छ जसमा तीनजनाको सनाखत भएको छ ।प्रत्यक्षदर्शीका अनुसार तीब्र गतिको बस सिओडी पुलतर्फबाट झकरकटी बसस्टपतर्फ गइरहेको थियो । बसको गती यति तीब्र थियो कि त्यो अनियन्त्रित भयो र टाटपिम चौबाटोमा भएको ट्राफिक बुथलाई हावामा उडाइदियो । प्रहरीका अनुसार त्यसपछि बसले एकपछि अर्को गर्दै दुईवटा कारलाई ठक्कर दियो, त्यसपछि कार्यालयतर्फ आउजाउ गर्ने पैदल यात्रीलाई पनि ठक्कर दियो । अनियन्त्रित बस, ट्रकमा ठक्कर हान्दै डिभाइडरमा छिर्यो र घटनास्थलमा नै ६ जनाको मृत्यु भएको छ । जबकी १० भन्दा बढी घाइते भएका छन् । कानपुर प्रहरी कमिश्नर विजय मिणाले बीबीसीसँगको कुराकानीमा घाइतेलाई अस्पताल पठाइएको बताउनुभयो । उनीहरुको सनाखत गर्ने प्रयास गरिँदैछ । यसका साथै बस चालकको खोजी गरिँदैछ । दुर्घटनाको अनुसन्धानका लागि पूरा टिम बनाइएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १०:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP