शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मरिसस फुटबल टिमको सम्मानमा रात्रि भोज
मरिसस फुटबल टिमको सम्मानमा रात्रि भोज
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, माघ २०, २०७८
k
काठमाडौँ । नेपालमा मैत्रीपूर्ण खेलका लागि रहेको अफ्रिकी मुलुक मरिससको राष्ट्रिय फुटबल टिमको सम्मानमा बुधबार रात्रि भोजको आयोजना गरिएको थियो । नेपाल– मरिसस बिजनेश काउन्सिलले नेपालका लागि मरिससका महावाणिज्यदूत गणेश कार्कीको प्रमुख आतिथ्यमा मैत्रीपूर्ण खेलका दौरान नेपालमा रहेको मरिससको राष्ट्रिय फुटबल टिमलाई रात्रि भोजका साथै विविध कार्यले सम्मान गरेको हो । सो क्रममा बोल्दै महावाणिज्यदूत कार्कीले नेपालमा मरिससको फुटबल टिमलाई स्वागत तथा सम्मान गर्न पाउँदा निकै हर्ष महसुस भएको भन्दै यस कार्यले नेपाल र मरिससको मैत्रीपूर्ण सम्बन्ध कायम गर्नुका साथै दुई देशका बिच खेल पर्यटन र भाइचारा विकास गर्न मद्दत पुग्ने बताउनुभयो । उहाँले आगामी दिनमा कोभिडको स्वास्थ्य मापदण्ड अपनाएर दुई देशबीचको पर्यटन लगायत अन्य कार्यको विकास गर्न सफल हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै काउन्सिलका अध्यक्ष बटु लामिछानेले यस भ्रमणले नेपाल र मरिसस बिच जनस्तरमा दुई देशका सम्बन्धलाई अझ बलियो बनाउनुका साथै दुई देशबीच पर्यटन प्रवर्द्धन र व्यापार प्रवर्द्धनका लागि समेत महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो । एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले मोरिशस टिमलाई नेपाल बसाई सुखद् र आनन्दमयी होस भन्ने कामना समेत गर्नुभयो । कार्यक्रममा मोरिशस टिमलाई मायाको चिनोको रूपमा नेपाली ढाका टोपी, ब्याच लगायत कलात्मक झ्याल प्रदान गरिएको थियो । रातोपाटीबाट
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १४:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP