शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • उत्तरप्रदेशमा एउटै इनारमा खसेर १३ जनाको मृत्यु
उत्तरप्रदेशमा एउटै इनारमा खसेर १३ जनाको मृत्यु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, फागुन ५, २०७८
ddd
एजेन्सी । भारतको उत्तरप्रदेशको कुशीनगरमा इनारमा खसेर १३ जनाको मृत्यु भएको छ। बुधबार राति साढे आठ बजे कुशीनगरमा इनारमाथि राखिएको स्ल्याब फुटेको थियो। त्यसपछि स्ल्याबमाथि उभिरहेका १३ जनाको खसेर मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। मृत्यु हुनेमा धेरैजसो महिला तथा बालिका छन्। उनीहरू कुशीनगरको नौरंगियामा विवाहसँग सम्बन्धित एक कार्यक्रमको लागि भेला भएका थिए। भेला भएकाहरूमध्ये केही मानिसहरू स्ल्याबमाथि बसेका थिए। त्यसैबीच स्ल्याब फुट्दा त्यहाँ बसेका मानिसहरू इनारमा खसेका हुन्। खस्दा दुई जना महिला र ११ जना बालिकाको मृत्यु भएको बीबीसीले जनाएको छ। ‘स्थानीय गाउँमा विवाहको कार्यक्रम भइरहेको थियो। त्यससँग सम्बन्धित एक कार्यक्रमको लागि महिलाहरू भेला भएका थिए,’ एडिजी अखिलकुमारले भन्नुभयो, ‘लगभग साढे ८ बजेको थियो। इनारको स्ल्याब फुट्यो र त्यसमाथि भएका सबै मानिसहरू इनारमा खसे। स्थानीयले तत्काल सकेजति मानिसलाई उद्धार गरी निकालेका थिए र उनीहरूलाई तत्काल अस्पताल पठाइयो।’ प्रधानमन्त्री नरेन्द्र मोदीले ‘प्रधानमन्त्री राष्ट्रिय राहत कोष’बाट प्रत्येक मृतकका परिवारलाई दुई लाख र घाइतेहरूलाई ५०–५० हजार दिने घोषणा गरेका छन्। उहाँले घटनाप्रति दुख व्यक्त गर्दै भन्नुभयो, ‘उत्तरप्रदेशको कुशीनगरमा भएको घटना हृदयविदारक छ। यसमा ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्छु। साथै घाइतेहरू छिटो स्वस्थ होऊन् भन्ने कामना गर्छु। स्थानीय प्रशासन सकेसम्मको मद्दत गर्न जुटेको छ।’ सेतोपाटीबाट
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १४:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP