शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • भारत र चीनको सम्बन्ध सबैभन्दा कठिन दौरमा : भारतीय विदेशमन्त्री
भारत र चीनको सम्बन्ध सबैभन्दा कठिन दौरमा : भारतीय विदेशमन्त्री
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, फागुन ८, २०७८
rff
एजेन्सी । भारतीय विदेशमन्त्री एस जयशंकरले चीनले सीमा सम्झौता उल्लङ्घन गरेपछि हाल दुई देशबीचको सम्बन्ध सबैभन्दा कठिन समयबाट गुज्रिरहेको बताउनुभएको छ । अंग्रेजी पत्रिका द हिन्दूका अनुसार जयशंकरले म्युनिख सुरक्षा सम्मेलन (एमएससी) २०२२ का दौरान यो बयान दिनुभएको हो। जयशंकरले एक प्रश्नको जवाफमा भन्नुभयो, ‘भारतको चीनसँगै एउटै समस्या छ । सन् १९७५ देखि ४५ वर्षसम्म सीमामा शान्ति रह्यो, सीमा प्रबन्ध स्थिर रह्यो, कोही पनि सैनिक हताहत भएनन् । तर अहिले यो बदलिएको छ किनभने हामीले चीनसँगको सीमामा रहेको वास्तविक नियन्त्रण रेखामा सैन्य बल तैनाथ नगर्ने सम्झौता गरेका थियौँ तर चीनले त्यस सम्झौतालाई उल्लङ्घन गरेको छ ।’ स्वाभाविक रूपमा सीमाको स्थितिले दुई देशबीचको सम्बन्धको स्थितिलाई पनि तय गर्दछ,’ उहाँले भन्नुभयो, ‘त्यही भएर अहिलेको समयमा चीनसँग भारतको सम्बन्ध निकै कठिन समयबाट गुज्रिरहेको छ ।’ सन् २०२० को जुन १५ मा गलवान घाटीमा दुई देशका सेनाबीच भएको हिंस्रक झडपपछि भारत र चीनबीच पूर्वी लद्दाखमा गतिरोध सुरु भएको थियो । त्यसपछि दुवै देशले सो क्षेत्रमा बिस्तारै सैनिक र हतियारको तैनाथी बढाएको थियो । रातोपाटी
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १०:३८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP