शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • युक्रेनमा २४ घण्टाभित्र पूर्ण आकारको आक्रमण हुनसक्ने : अष्ट्रेलियाली प्रधानमन्त्री मोरिसन
युक्रेनमा २४ घण्टाभित्र पूर्ण आकारको आक्रमण हुनसक्ने : अष्ट्रेलियाली प्रधानमन्त्री मोरिसन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, फागुन ११, २०७८
morisas
एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमा आगामी २४ घण्टाभित्रमा पूर्ण आकारको आक्रमण हुने चेतावनी दिएका छन् । अस्ट्रेलिया र न्यूजिल्यान्ड दुवै मुलुकले रुसी राष्ट्रपतिलाई बुधबार उनीहरुको विरोध व्यक्त गर्नका लागि आग्रह गरेका छन् । संकट विस्तार भएसँगै पश्चिमा मुलुक र उनीहरुका मित्रहरुले रुसमाथि प्रतिबन्ध लगाउदै आएका छन् ।युरोपेली संघले बैंक र युक्रेनको छुट्टिएका क्षेत्रहरुलाई मान्यता दिने रुसी सांसदहरुलाई लक्षित गर्दै विभिन्न मापदण्ड ल्याएका छन् ।जर्मनीले पनि रुसबाट आउने प्रमुख ग्यास परियोजना नर्ड स्ट्रिम–२ लाई रोकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वी युक्रेनमा सेना परिचालन गर्न मस्कोले दिएको आदेशप्रति आलोचना गरेका छन् । उनले यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको आरोप लगाएका छन् ।छुट्टिएका डोनेत्सक र लुुहान्सक क्षेत्रहरुलाई आपूmले मान्यता दिएको भ्लादिमिर पुटिनले बताएका छन् । यसमा युक्रेनले लिएका क्षेत्रहरु पनि रहेका छन् ।मस्कोमा रहेको संसदको माथिल्लो सदनले राष्ट्रपति पुटिनलाई विदेशमा सेना परिचालनका लागि आदेश दिएको छ । मस्कोको सहयोगमा चलेका पृथकतावादीहरुका दुुई क्षेत्ररुमा रुसी सेना पठाइएको छ वा छैन भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । रातोपाटीबाट
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  ११:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP