शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • भारतले युक्रेन संकट समाधानका लागि रुससँग कुरा गर्न सक्छ : विदेशमन्त्री जयशंकर
भारतले युक्रेन संकट समाधानका लागि रुससँग कुरा गर्न सक्छ : विदेशमन्त्री जयशंकर
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, फागुन ११, २०७८
jayshankar
काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले युक्रेन संकट गहिरिनुको कारण उत्तर एटलान्टिक सन्धि संगठन(नेटो) को विस्तार र रुस र युरोपको परिस्थिति रहेको बताउनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरेपछि मस्को र पश्चिमा देशबीच तनाव बढिरहेका बेला भारतीय विदेशमन्त्री जयशंकरको प्रतिक्रिया आएको हो । पेरिसस्थित थिंक ट्यांक समूहले आयोजना गरेको एउटा अन्तरक्रियामा जयशंकरले अहिले विश्व ‘थुप्रै संकट’ बाट गुज्रिरहेको उल्लेख गरेका हुन् । यसका कारण अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ परिदृश्य देखिने चुनौती पनि रहेको उहाँले बताउनुभएको छ।त्यस्तै फ्रेन्च पत्रिका ला फिगारोसँगको छुट्टै अन्तर्वार्तामा उनले पछिल्ला ३० वर्षमा देखिएका जटिल परिस्थितिका शृंखलाका कारण युक्रेन संकट बल्झिएको बताउनुभएको छ । ‘पछिल्ला ३० वर्षमा विभिन्न परिस्थितिका शृखंलाका कारण अहिले युक्रेन संकट निम्तिएको हो । भारत र फ्रान्सजस्ता मुलुक कूटनीतिक समाधानका लागि निकै सक्रिय छन्,’ अन्तर्वार्तामा उहाँले भन्नुभएको छ ।युक्रेनी सीमा रुसी सेना तैनाथीको भारतले किन आलोचना गरेन भन्ने प्रश्नमा विदेशमन्त्री जयशंकर भन्नुहुन्छ, ‘मुख्य प्रश्न भनेको तपाईं सही समाधानका लागि परिचालित हुनु भएको छ कि देखाउनका लागि मात्रै भन्ने हो । भारतले रुसलगायतका अन्य मुलुकसँग वार्ता गर्न सक्छ । राष्ट्रसंघीय सुरक्षा परिषद् र फ्रान्सजस्ता मुलुकको सहयोगमा कूटनीतिक समाधानको पहल गर्न सकिन्छ ।’ताइवान र युक्रेन संकटको तुलना गर्न सकिन्छ भनेर सोधिएको अर्को प्रश्नमा जयशंकरले अलगअलग समस्याको अलगअलग इतिहास भएकाले सबैलाई एकैठाउँमा जोडेर हेर्दा त्रुटि हुने बताउनुभएको छ । ‘दुवै घटना निश्चित क्षेत्रका निकै जटिल इतिहासका उत्पादन हुन् । युक्रेनको हकमा उत्तर सोभियतकालीन राजनीतिबाट धेरै, नेटोको विस्तार तथा रुस र युरोपको डाइनामिक्सका कारण संकट निम्तिएको हो,’ उहाँले भन्नुभएको छ। रुसले पृथकतावादीको नियन्त्रणमा रहेका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि जापान, बेलायत, जर्मनी र अमेरिकालगायतका मुलुकले विभिन्न प्रतिबन्ध लगाउन सुरु गरेका छन् । रुसको पछिल्लो कदमले अन्तर्राष्ट्रिय राजनीतिमा तीव्र ध्रुवीकरण देखिएको छ । ekantipurबाट
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  १४:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP