शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • युक्रेनमा रहेका नेपाली विद्यार्थी भन्छन् : हाम्रो चाँडै उद्धार होस्
युक्रेनमा रहेका नेपाली विद्यार्थी भन्छन् : हाम्रो चाँडै उद्धार होस्
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, फागुन १२, २०७८
ukren
काठमाडौँ । पूर्वी युरोपमा पर्ने युक्रेन र रुसबीचको तनावले युद्धको रूप लिएपछि राजधानी किभसहित ठूला सहर खर्किभ, मोल्डोभा, ओडेसामा बस्ने नेपाली विद्यार्थीले आफ्नो उद्धारका लागि आग्रह गरेका छन् । युक्रेनको राजधानी किभबाट ४ सय ८० किलोमिटर पूर्वोत्तरमा पर्ने खर्किभ नेसनल मेडिकल युनिभर्सिटीमा एमबीबीएस तेस्रो वर्षमा अध्यनरत जनकपुरका रोशन झाले फोनमा भन्नुभयो, ‘रुसले सोमबार स्वतन्त्र राज्य घोषणा गरेका युक्रेनका दोनेत्सक र लुहाँस्क क्षेत्रमा मात्रै होइन, निकै टाढा पर्ने यो खर्किभमा पनि आज बिहान निकै बम विस्फोट भएको डरलाग्दो स्थिति देखिएको छ, हामी यो विश्वविद्यालयमा नेपाली, भारतीय, बंगालादेशीसहित थुप्रै देशका विद्यार्थी छौं । तर, खतरा बढेको देखेर तत्काल घर फर्कने उपाय खोजिरहेका छौं । खर्किभ, किभसहितका विमानस्थल बन्द भइसकेकाले र नेपाल सरकारका तर्फबाट उद्धार समन्वयको कसैले सम्पर्क नगरेकाले अलिक त्रास बढेको छ ।’यो विश्वविद्यालयको मेडिकल फ्याकल्टीमा रहेका विद्यार्थी सप्तरीका राकेश चौरसिया पनि रोशनसँगै तत्काल उद्धार चाहिरहेका छन् । युक्रेनस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष हरि मल्लले पनि स्वतन्त्र राज्य घोषणा भएका दोनेत्सक र लुहाँस्क मात्रै होइन, युक्रेनका अन्य भागमा पनि क्षेप्यास्त्र आक्रमणसँगै असुरक्षाको संकेत बढिरहेको जानकारी दिनुभयो । तर, युक्रेनमा स्थायी रूपमा बसोबास गर्दै आएका ३८ नेपाली र ट्रान्जिटमा रहेका विद्यार्थीसहितको स्थितिका बारेमा सक्दो अपडेट लिने काम भइरहेको उहाँले बताउनुभयो । युरोपेली मुलुकमा जानका लागि ट्रान्जिटमा राजधानी किभ तथा ओडेसा, मोल्डोभामा रहेका २ सयभन्दा बढी नेपाली पनि मिलेसम्म घर फर्कने सोचाइमा छन् । सन् २०१४ अघिसम्म युक्रेनको कूटनीतिक मामला रुसको मस्कोस्थित नेपाली दूतावासले हेर्ने गरेकोमा रुस–युक्रेन तनाव बढेपछि नेपाल सरकारले युक्रेनी सहप्रमाणीकरणको जिम्मा जर्मनीको बर्लिनस्थित नेपाली दूतावासलाई सुम्पेको थियो । ‘बुधबार अपरान्हसम्ममा ४४ जना नेपालीको थप विवरण पाएका छौं, यसबाहेक ३८ जना भने विभिन्न उद्यमरव्यवसायमा जोडिएर स्थायी रूपमा बसोबास गर्ने नेपालीको संख्या पाएका छौं, बर्लिनस्थित राजदूत रामकाजी खड्काले भन्नुभयो, ‘उद्धार समन्वय र अरु प्रक्रियाका लागि पनि परराष्ट्रमार्फत पहल थालिसकेका छौं, स्थिति हेरी यसबारेमा निर्णय आउनेछ ।’बुधबार एउटा सूचना जारी गर्दै परराष्ट्र मन्त्रालयले आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न आग्रह गरेको थियो। दुई देशबीचको द्वन्द्व युद्धमा परिणत हुन सक्ने भन्दै परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका सबै नेपाली नागरिकलाई घटनाक्रमको मूल्याकंन गरी स्वदेश फर्कन अनुरोध गरेको छ । ekantipur
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १४:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP