शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • रुसी आक्रमणमा २५० को मृत्यु, १ लाख ६० हजार युक्रेनी विस्थापित
रुसी आक्रमणमा २५० को मृत्यु, १ लाख ६० हजार युक्रेनी विस्थापित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, फागुन १५, २०७८
ukrein
एजेन्सी । युक्रेनमा भएको रुसी हमलामा कम्तिमा २४० सर्वसाधरणको हताहत भएको राष्ट्रसंघले जनाएको छ । रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा हमला गरिरहेको छ । राष्ट्रसंघका लागि मानवअधिकारसम्बन्धी उच्च आयुक्त (ओसीएचसीआर) ले युक्रेन हमलामा कम्तिमा २४० सर्वसाधारणको हताहत भएको जनाएको छ । घरहरू र महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेकोले सयौं मानिसहरू पानी र बिजुलीबाट बन्चित भएको ओसीएचसीआर जनाइएको छ । राष्ट्रसंघका अनुसार १ लाख ६० हजार युक्रेनी आन्तरिक रुपमा विस्थापित भएर अन्तर्राष्ट्रिय सीमा पार गर्न लागिरहका छन् । रुसी हमलामा ५० लाख मानिस शरणार्थी बन्न सक्ने युक्रेन सरकारको अनुमान छ । राजधानी किभभन्दा बाहिरी सहरमा रहेको भासीलकिभस्थिते तेल डिपो रुसी आक्रमणमा प्रभावित भएको छ । गोलाबारी र बम हमलामा क्षतिग्रस्त सो डिपोबाट विषालु धुँवा निस्किरहेको भन्दै राष्ट्रसंघले मानिसहरुलाई घरभित्रै बस्न आह्वान गरेको छ । राजधानी किभका बासिन्दाहरु यसअघि नै ज्यान जोगाउन भूमिगत आश्रयमा शरण लिइरहेका छन् । नागरिक खबरबाट
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १०:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP