शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • युक्रेनबाट २ सय ४४ नेपाली सुरक्षित स्थानमा
युक्रेनबाट २ सय ४४ नेपाली सुरक्षित स्थानमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, फागुन १६, २०७८
students
एजेन्सी । रूस–युक्रेन द्वन्द्वमा फसेका र त्यसबाट प्रभावित २ सय ४४ नेपाली सुरक्षित स्थानमा पुगेका छन्। एनआरएनद्धारा गठित रूस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति अनुसार युक्रेन छोडेर २४४ जना नेपालीहरू छिमेकका विभिन्न मुलुकमा सुरक्षित पुगेका छन्। युक्रेनबाट पोल्याण्डमा ६० जना, स्लोभाकियामा १२ , हंगेरी ४ जना, रोमानियामा १२ जना, माल्डावामा २ जना सकुशल पुगेका छन्। यस्तै थप १५४ जना नेपाली यसअघिनै सुरक्षित स्थानमा पुगिसकेका छन् । सुरक्षित गन्तव्यमा जानेक्रममा पोल्याण्डको सिमामा १ सय ३० जना, स्लोभाकियाको सिमामा १२ जना, रोमानीयाको सिमामा १० जना र माल्डावाको सिमामा २ जना नेपाली दोस्रो मुलुक जान रोकिएका छन्। उनीहरूलाई सोमबार साँझसम्ममा सिमा पार गराउने प्रयास भइरहेको एनआरआरएनले जनाएको छ।गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार नेपाली स्थायी रूपमा बसोबास गर्दै आएका थिए। अझै पनि केही नेपाली पर्ख र हेरको अवस्थामा युक्रेनका विभिन्न शहरमा फसेका छन्।रूस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धारका लागि एनआरएन र राजदूतसम्मिलीत उच्चस्तरीय समितिले विस्थापित नेपालीलाई सुरक्षित स्थानमा पुर्‍याउन आवश्यक पहल प्रारम्भ गरेको हो। जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का युक्रेनबाट विस्थापित ३४ नेपालीलाई जर्मन दूतावासले यात्रा अनुमतिपत्र जारी गरेर सुरक्षित स्थानमा जान सहज बनाइएको बताउनुभयो।यसैबीच गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त नेपालीको उद्धारको लागि पोल्याण्डको सिमा क्षेत्रमा आफैं खटिएका छन्। ‘हामी बोर्डर क्षेत्रमा पुगेका छौ र यस क्षेत्रमा फसेका नेपालीको उद्धारको पहलमा लागेका छौ’, पन्तले भन्नुभयो। गैरआवासीय नेपाली संघ पोल्याण्डका अध्यक्ष जीवन केसीले अधिकांश नेपाली सिमामा रोकिएको भन्दै सोमबारदेखि सिमा खुकुलो बनाएकाले बाहिर निस्कन सहज भएको बताउनुभयो । स्वास्थ्य समितिका संयोजक डा. बोधराज सुवेदीले सिमा क्षेत्रमा आफैं पुगेर ११ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानमा ल्याएको बताउनुभयो। सुवेदीले सिमामा महिला र बच्चालाई पुरूषको तुलनामा उद्धारमा सहज भएको बताउनुभयो। युक्रेन र पोल्याण्डको सीमा क्षेत्रमा नेपालीको लागि खाना र बसोबासको कुनै समस्या नरहेको उहाँले जानकारी दिनुभयो । एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले अप्ठ्यारोमा परेका ८ जना नेपालीलाई आफ्नै रेष्टुरेन्ट खाली गरेर खाना र बस्न प्रवन्ध मिलाएको बताउनुभयो । स्लोभाकिया पुगेका नेपालीलाई सुरक्षित क्षेत्रमा पुर्‍याउन सकृय रुपमा एनआरएन लागि परेको उहाँले बताउनुभयो। रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले १२ जना नेपाली सुरक्षित रूपमा रोमानिया भित्रिएको जानकारी दिए।उनले कयौं नेपाली रोमानियाबाट हंगेरी गैरकानुनी रूपमा छिर्न खोजेकोसमेत बताउनुभयो । उच्चस्तरीय समितिले सीमा क्षेत्रमा थप स्वयंसेवक परिचालन गर्ने, नेपाल फर्कन चाहनेलाई हवाई टिकटको समन्वयन गर्ने छ। यस्तै सीमा क्षेत्रमा आएका नेपालीलाई खाना र बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शको लागि एनआरएनए राष्ट्रिय समिति परिचालन, उद्धारको लागि स्थानीय रुपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकको आवश्यक परिचयपत्र प्रदान गर्ने, आर्थिक संकलन गर्ने जस्ता गतिविधिलाई अघि बढाएको एनआरएनका केन्द्रीय सचिव गौरी जोशीले बताउनुभयो। सेतोपाटीबाट
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १३:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP