शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • भ्रामक सूचना र दुष्प्रचारले निर्वाचन र लोकतन्त्रलाई हानी पुर्याउँछ : राजदूत वेरी
भ्रामक सूचना र दुष्प्रचारले निर्वाचन र लोकतन्त्रलाई हानी पुर्याउँछ : राजदूत वेरी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, फागुन १६, २०७८
warry
काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वतन्त्र र निष्पक्ष निर्वाचन दीगो लोकतन्त्रको पहिचान भएको बताउनुभएको छ । स्थानीय तहको आगामी निर्वाचनका लागि नेपाल मतदाता अधिकार मञ्चद्वारा यहाँ आज आयोजित तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उहाँले चुनावका समयमा आउन सक्ने भ्रामक सूचना र मिथ्या दुष्प्रचारबाट जोगिन सबैलाई सचेत र सजग हुन सुझाव दिनुभयो । निर्वाचनसँग सम्बन्धित भ्रामक र मिथ्या सूचनाको पहिचान र रोकथाम गर्न समाजका सबै पक्ष सचेत र सजग हुन आवश्यक रहेको बताउँदै उहाँले यस्ता दुष्प्रचारले अनलाइनलगायत सामाजिक सञ्जाललाई विचलन ल्याउने मात्र नभइ निर्वाचन र लोकतन्त्रलाई हानी पु¥याउने धारणा व्यक्त गर्नुभयो । राजदूत बेरीले भन्नुभयो, ‘भ्रामक सूचना र दुष्प्रचारले नेपाललाई प्राप्त हुने वास्तविक प्रतिफलको क्षमतामा समेतमा असर पार्छ, कोभिड–१९ खोपबारे मिथ्या सूचनाका कारण अमेरिकालगायतका मुलुकले ठूलो क्षति व्यहोर्न पर्यो । धेरै मानिसको अकालमा ज्यान गयो ।’भ्रामक र गलत सूचनाका सन्दर्भमा नेपालको अनलाइनको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै राजदूत वेरीले भन्नुभयो, ‘गलत सूचनाले मतदाताको सुसूचित गर्ने राजनीतिक क्षमतालाई समेत कमजोर तुल्याउँछ ।’ निर्वाचनका समयमा सूचनाको आधिकारिकताबारे विश्वासिलो पुस्ट्याई नभएसम्म अरुलाई शेयर नगर्न उहाँले सुझाव दिनुभयो । उहाँले अरु कयौं देशले शताब्दीमा गर्न नसकेको राजनीतिक रुपान्तरण नेपालले छोटो समयमै हासिल गर्न सफल भएको उल्लेख गर्नुभयो । आयोजक संस्थाका अध्यक्ष भक्त विश्वकर्माले उक्त प्रशिक्षक प्रशिक्षणमा मुलुकका सातै प्रदेशका १८ देखि ३० वर्ष उमेर समूहका समावेशी आधारमा छनोट गरिएका प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिनुभयो । रासस
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १५:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP