शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • तीन महिना बित्दा पनि भारतबाट आएन राजदूत सिफारिस शर्माको एग्रिमो
तीन महिना बित्दा पनि भारतबाट आएन राजदूत सिफारिस शर्माको एग्रिमो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन २४, २०७८
shankar sharma
एजेन्सी । भारतका लागि राजदूत सिफारिस भएका डाक्टर शंकर शर्माको एग्रिमो आउन ढिलाइ भएको छ। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि गत मंसिर २४ गते परराष्ट्र मन्त्रालयले अमेरिका, बेलायत र भारतका लागि सिफारिस भएका राजदूतहरूको एग्रिमोका लागि पत्र पठाएको थियो। तीमध्ये सबैभन्दा पहिला बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्यको सबैभन्दा पहिला एग्रिमो आएको थियो। गत साता अमेरिकाका लागि राजदूत श्रीधर खत्रीको एग्रिमो आएर उहाँ नियुक्त भइसक्नुभएको छ । भारतले भने अहिलेसम्म शर्माको एग्रिमो पठाएको छैन। पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईले कहिलेसम्म एग्रिमो आउनुपर्छ भन्ने समय नतोकिएको भए पनि डेढ–दुई महिनामा एग्रिमो आइसक्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको बताउनुभयो। ‘उहिले कुन देशबाट को राजदूत आउन लागेको छ भन्ने सम्बन्धित देशलाई थाहा हुँदैनथ्यो। त्यही भएर आफ्नो देशमा राजदूत भएर आउन लागेको व्यक्तिबारे उनीहरूले बुझ्ने गर्थे। डेढ-दुई महिना लाग्थ्यो,’ भट्टराईले भने,‘अहिले त राजदूत सिफारिसदेखि संसदीय सुनुवाइसम्म मिडियामा छ्यापछ्याप्ती समाचार आउँछ। आफ्नो देशमा राजदूत हुने व्यक्तिबारे उनीहरूलाई पहिले नै थाहा भइसक्छ। अहिले त डेढ–दुई महिना पनि लाग्नु नपर्ने हो।’ कहिलेकाहीँ मुलुकको आन्तरिक कारणले एग्रिमो आउन ढिलाइ हुनु स्वभाविक भएको भट्टराईले बताए।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि राजनीतिक कोटामा नियुक्त भएका सबै राजदूत फिर्ता बोलाइएको थियो।भारतका लागि तत्कालीन नेपाली राजदूत निलाम्बर आचार्य फिर्ता भएपछि गत असोजदेखि दिल्लीमा राजदूत खाली छ। १० वर्षअघि राजदूत सिफारिस भएका माओवादी नेता राम कार्कीको एग्रिमो भारतले पठाएको थिएन। एग्रिमो नआएपछि उनी राजदूत हुन पाएनन्।परराष्ट्र मन्त्रालयले एकरदुई दिनमै शर्माको एग्रिमो आउने बताएको छ।कोरोनाको तेस्रो लहर र भारतका विभिन्न राज्यहरूमा भएको चुनावका कारण शर्माको एग्रिमो स्वीकृत हुन समय लागेको भारतीय पक्षले बताएको छ।त्यस्तो अरू केही कारण छैन। चुनाव र कोभिडले ढिला भएको भन्नुभएको छ,’ नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले भने। सेतोपाटीबाट
प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १२:४९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP