शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • हिजो बिहारले अचानक बिजुली नदिँदा समस्या भएको हो, आज राति १२ बजेदेखि समाधान हुन्छ : घिसिङ
हिजो बिहारले अचानक बिजुली नदिँदा समस्या भएको हो, आज राति १२ बजेदेखि समाधान हुन्छ : घिसिङ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, चैत ९, २०७८
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली आपूर्तिमा देखिएको समस्या बुधबार राति १२ बजेदेखि समाधान हुने बताउनुभएको छ । घिसिङले मंगलबार राति अचानक भारतको बिहारबाट बिजुली आउन रोकिएपछि बुधबार बिहान केही औद्योगिक क्षेत्रमा बिजुली कम आपूर्ति भएको बताउनुभयो । प्राधिकरणले अहिले दैनिक ३५० देखि ४०० मेगावाटसम्म बिजुली भारतबाट किनिरहेको छ। पछिल्लो समय भारतमा कोइलाको अभावले पावर प्लान्टले बिजुली उत्पादन गर्न नसक्दा खुला बजारमा बिजुलीको भाउ पाँच गुणासम्म बढेको छ। खुला बजारबाट बिजुली आयात गर्न एनटिपी विद्युत व्यापार निगम लिमिटेडसँग दैनिक १५० र पिटिसी इन्डियासँग ७५ मेगावाट बिजुली किन्न नेपालले एक वर्षको सम्झौता गरेको थियो। सम्झौता जुनमा सकिने भए पनि रूसले युक्रेनमाथि फेब्रुअरी २४मा आक्रमण गरेपछि उक्त सम्झौताबमोजिम फिक्स्ड मूल्यमा नेपालले बिजुली पाउन सकेन। त्यसपछि नेपालले खुला बजारबाट बिजुली किनिरहेको थियो। भारतको खुला बजारमा १५–१५ मिनेटमा बिजुलीको मूल्य निर्धारण हुन्छ। नेपालले बिहारबाट पनि छुट्टै सम्झौता गरेर २०० भन्दा बढी बिजुली आयात गरिरहेको छ।‘मंगलबार बेलुकाचाहिँ बिहारबाट आउने २०० मेगावाट बिजुली पनि अचानक रोकिएपछि समस्या भएको हो,’ कुलमानले भन्नुभयो,‘बुधबार बिहानदेखि बिहारबाट पनि बिजुली आउन थालिसकेको छ।’ एनटिपी विद्युत व्यापार निगम लिमिटेडसँग भन्दा बिहारसँग प्राधिकरणले केही महंगोमा बिजुली किन्ने समझौता गरेको थियो।बिहारसँगको सम्झौताकै आधारमा प्राधिकरणले खुला बजारमा पनि प्रतियुनिट भारू ८ रुपैयाँमसम्म बिजुली किन्न खोजेको छ। तर मंगलबार नेपालले भनेजति मूल्यमा बिजुलीको भाउ आएन। दिनभरिको औसत मूल्य नै भारू ११.७५ पुग्यो।‘आज भाउ बढाएर भए पनि बिडिङ गर्छौं। साँझ पिक आवरमा कुलेखानी र तामाकोशी पूर्ण क्षमतामा चलाउँछौं,’ कुलमानले भन्नुभयो। अहिले नेपालमा साँझको पिक आवरमा बिजुलीको माग १६ सय मेगावाटभन्दा बढी छ। साँझको माग पूरा गर्न दिनभरि पानी जम्मा पारेर त्यही बेला पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने गरिएको छ।अहिले कुलेखानी, मर्स्याङ्दी र तामाकोशी साँझको समयमा पूर्ण क्षमतामा चल्ने गरेका छन्।‘यो आयोजना दिउँसो नचलाउन हामीलाई भारतबाट बिजुली ल्याउनुपर्छ। दिउँसोको मूल्य पनि पिक आवरको जति महंगो हुँदैन,’ घिसिङले भन्नुभयो,‘आजबाट हामी बढी पैसा तिरेर भएपनि बिजुली ल्याउँछौं।’ सेतोपाटीबाट
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १४:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP