शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • पपुवा न्यू गिनीको फाइनलमा पुग्ने आशा कायमै
पपुवा न्यू गिनीको फाइनलमा पुग्ने आशा कायमै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, चैत १८, २०७८
277442769_351832466973140_7430157297304855264_n
काठमाडौं । मध्यक्रमका ब्याटर टोनी उराको छक्काको वर्षामा पपुवा न्यू गिनीले त्रिकोणात्मक टि २० आई सिरिजमा मलेसियामाथि आफ्नो इतिहासकै उत्कृष्ट जित हात पारेको छ । आफ्नो लिगको अन्तिम खेलमा पपुवा न्यू गिनीले मलेसियालाई ८ विकेटले हराउँदै फाइनलको सम्भावना बलियो बनाएको छ । १ सय ९७ रनको विशाल विजयी लक्ष्य पछ्याएको पीएनजीले १७.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । पीएनजीले टि२० आई आफ्नो इतिहासमा पूरा गरेको सर्वाधिक सर्वाधिक ठूलो लक्ष्य हो । पीएनजीको जितमा टोनी उराले ३४ बलमा २ चौका र १० छक्कासहित ८६ रनको अविजित विष्फोटक इनिङ खेले । शर्विन मुनीआन्दीलाई १८ औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार छक्का प्रहार गरेका थिए । चौथो बलमा चौका प्रहार गर्दा पाँचौं बलमा लङअनमा छक्का प्रहार गर्दै खेल सकाए । ओपनर तथा कप्तान असाद भाला ५१ बलमा ८ चौका र १ छक्कासहित ७४ रनमा अविजित रहे । तेस्रो विकेटका लागि उरा र भालाले १ सय ३७ रनको अविजित कीर्तिमानी शतकीय साझेदारी गर्दै जित पक्का गराए । पीएनजीको यसअघि टि२० आईमा उच्च साझेदारी उरा र भालाले पहिलो विकेटका लागि २०१९ मा नामिबियाविरुद्ध १ सय २५ रनको साझेदारी गरेका थिए । ओपनर लेगा सियाका पहिलो बलमै आउट भएका थिए । नियमित ओपनर उरालाई पीएनजीले चौथो नम्बरमा ब्याटिङ गराएको थियो । भालालाई ओपनिङ गराएको थियो । जुन निर्णय सहि सावित भयो । मलेसियाका मोहम्मद वाफिक र इद्रुसले १–१ विकेट लिए । शर्विनले २।५ ओभरमा ४९ रन खर्चिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९६ रन बनाएको थियो । मलेसियाका कप्तान अहमद फैजले ४३ बलमा ५ बलमा चौका र ३ छक्कासहित ६३ रनको योगदान दिए । बायाँ हाते युवा स्टार सैद अजिजले ३५ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ६४ रन बनाए । तेस्रो विकेटका लागि अजिज र फैजले १ सय १५ रनको शतकीय कीर्तिमानी साझेदारी गरेका थिए । मलेसियाबाट पहिलो पटक टि२० आईमा शतकीय साझेदारी भएको हो । यसअघि पपुवा न्युगिनीविरुद्ध यसै सिरिजमा विरनदीपसिंह र अहमद फैजले दोस्रो विकेटका लागिनै ९५ रनको उच्च साझेदारी गरेका थिए । ओपनर विरनदीपसिंह १५ बलमा १ चौकासहित १० रनमा आउट भए । ओपनर जुबैद जुल्किफ्लीले २२ बलमा ४ चौका र ४ छक्कासहित ४६ रन जोड्दै आक्रामक सुरुवात दिलाएका थिए । पपुवा न्युगिनीका काबुआ मोरेआले ३ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । चाद सोपर र राइली हेकुरेले १–१ विकेट लिए । नेपाल सुरुवाती तीन खेलमा लगातार जितका साथ फाइनलमा पुगि सकेको छ । नेपालले अन्तिम खेल मलेसियासँग खेल्नेछ । मलेसिया उक्त खेलमा विजयी भएमा ४ अंकका साथ फाइनलमा पुग्नेछ । पराजित भएमा भने पपुवा न्युगिनी फाइनलमा पुग्नेछ । मलेसिया पराजित हुँदा दुबै टोलीको २्–२ अंक हुँदा नेटरनरेटको आधारमा पपुवा न्युगिनी फाइनलमा पुग्नेछ । पपुवा न्युगिनी पहिलो खेलमा नेपालसँग १५ रन , मलेसियासँग ८ रन र नेपालसँग ३७ रनले पराजित भएको थियो । हाम्रो खेलकुदबाट
प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  १६:३०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP