शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार सहित कार्यकर्ताहरु एमाले प्रवेश
माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार सहित कार्यकर्ताहरु एमाले प्रवेश
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख १०, २०७९
uml prabesh
म्याग्दी ।आगमी ३० बैशाख हुने स्थानीय तहको निर्वाचनमा अन्नपूर्ण गाउँपालिका –२ भुरुङमा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार बन्नुभएका ओम प्रसाद फगामी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । फगामी सहित माओवादीको वडा नम्वर २ का सम्पूर्ण उम्मेदवारहरु एमालेमा प्रवेश गर्नुभएको हो । नेकपा एमाले अन्नपुर्ण पालिका कमिटीद्वारा पोखरेवगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादीका जिल्ला कमिटी सदस्य एवम् पालिका कमिटी अध्यक्ष समेत रहनुभएका फगामी एमालेमा प्रवेश गर्नुभएको नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभएको छ । फगामी सहित पार्टी प्रवेश गरेका माओवादीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज भुपेन्द्र थापा, जिल्ला कमिटी अध्यक्ष देबेन्द्र कटुवाल लगायतले खादा र अविर लगाएर स्वागत गर्नुभएको थियो । फगामी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित वडा अध्यक्ष समेत हुनुहुन्छ । फगामी संगै पालिका कमिटीका बहुसंख्यक सदस्यहरु एमालेमा प्रवेश गर्नुभएको छ । त्यस्तै वडा कमिटी अध्यक्ष रेशम पुन, उपाध्यक्ष आशिष श्रीपाली, सचिव चन्द्र फगामी, सहसचिव नवराज सुनार, कोषाध्यक्ष गीताधर थापा लगायत वडा कमिटीका सम्पूर्ण सदस्यहरुमा पनि एमालेमा प्रवेश गर्नुभएको छ । माओवादी निकट युवाहरुको संगठन योङ्ग कम्युनिष्ट लिष्ट (वाईसियल) का अध्यक्ष टक बहादुर पूर्जा, उपाध्यक्ष टंक पूर्जा, सचिव सविन्द्र थापा लगायत वडा कमिटीको सवै सदस्यहरु पनि एमालेमा प्रवेश गर्नुभएको छ । माओवादीका भातृसंगठन अनेमसंघ, वाईसियल, दलित मुक्ति मोर्चा लगायतबाट समेत गरि करिव दुइ सय जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले म्याग्दीले जनाएको छ । माओवादी केन्द्रका अर्का युवा नेता वुद्धि पुन शुक्रबार नै नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको थियो ।  
प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  १९:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP