शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • विदेशीलाई नेपालीसरह भाडादर कायम गर्न आवश्यक छ : मन्त्री आले
विदेशीलाई नेपालीसरह भाडादर कायम गर्न आवश्यक छ : मन्त्री आले
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, वैशाख १६, २०७९
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालमा विदेशी नागरिकहरुले पनि नेपालीले सरह हवाइ भाडा भुक्तानी गर्ने वातावरण बनाउनु पर्ने आवश्यकता रहेको बताउनुभएको छ । शुक्रबार पर्यटन पुनरुत्थान कार्यविधि २०७८ ग्रहण गर्दै मन्त्री आलेले यस्तो बताउनुभएको हो । उहाँले नेपालीहरु विदेशमा जाँदा त्यहाँका नागरिकसरह नै भाडा तिर्ने गरेको भन्दै नेपालमा पनि विदेशीलाई नेपालीसरह भाडादर कायम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालका लागि इजरायलका राजदूत हनान गोदारसँगको भेटमा राजदूत ओदारले भाडा समान नभएको गुनासो गरेको जानकारी दिनुभयो मन्त्री आलेले राजदूतसँगको भेटमा अहिले कोरोनाको मारमा रहेकोले तत्काल सो समस्या सम्बोधन गर्न नसकिने जानकारी गराएको बताउनुभयो । मन्त्री आलेले आन्तरिक वायुसेवा कम्पनीहरुलाई टिकट बिक्री गरेअनुसारकै समयमा उडान भर्न पनि निर्देशन दिनुभयो । त्यस्तै मन्त्री आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शौचालय व्यवस्थापनको लागि प्रधानमन्त्रीसहित गृह र अर्थमन्त्रीलाई बारम्बार ताकेता गर्दापनि सुनुवाई नभएको बताउनुभयो। विमानस्थलमा आउने विदेशी पर्यटकहरु शौचालय जाँदा मुख छोपेर जानुपर्ने बाध्यता रहेको स्पष्ट पार्नुभयो । उहाँले गृह मन्त्रालय अन्तर्गत रहेको अध्यागमन विभाग र अर्थ मन्त्रालय अन्तर्गत रहेको भन्सार विभागले गर्दा हरेक पर्यटकहरु विमानस्थलमा दुई घण्टा लाइनमा उभिनु पर्ने तथा एटिएमबाट डलर निकाल्ने कामलाई बिगार्ने कामहरु भएको बताउनुभयो। मन्त्री आलेले यस्ता किसिमका क्रियाकलापले पर्यटन मन्त्रालयको बदनाम भएको बताउनुभयो । उहाँले सरकार गठन भएको ९ महिना बितिसक्दा समेत पर्यटन, अर्थ र गृह मन्त्रालयबीच अहिलेसम्म समन्वय हुन नसकेको बताउनुभयो । मन्त्री आलेले शौचालय तथा यात्रु बस्ने ठाउँको व्यवस्थापन गर्न विदेशी कम्पनीहरुलाई ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । nagariknews.nagariknetworkबाट
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १४:४९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP