काठमाडौँ । अहिले बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ताहरूलाई अधिकतम ११.०३ प्रतिशत ब्याज दिइरहँदा अब भने राष्ट्र बैंकबाटै सो दरमा ब्याज पाइने भएको छ। यसअघि राष्ट्र बैंकले यस्तो बचत पत्रको ब्याजदर १० प्रतिशत तोकेको थियो।
राष्ट्र बैंकबाटै उच्च दरमा ब्याज तोकिएकोले आगामी जेठमा बैंकहरूले समेत निक्षेपको ब्याज बढाउने सम्भावना बढेको एक वाणिज्य बैंकका सञ्चालकले बताउनुभयो । राष्ट्र बैंकले १८ वैशाखदेखि २२ वैशाखसम्म खुला गरेको नागरिक बचत पत्रको ब्याजदर ११ प्रतिशत तोकिएको छ। चार वर्षमा परिपक्व हुने यो बचत पत्रमार्फत् राष्ट्र बैंकले २ अर्ब रूपैयाँ उठाउन लागेको हो। यस्तो बचत पत्रको ब्याज भुक्तानी ६र६ महीनामा हुन्छ।
यसमा किम्तमा १० हजार रुपैयाँसम्म लगानी गर्न सकिन्छ। यस्तो बचत पत्रको धितोमा अन्य बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण समेत लिन सकिन्छ। सरकारको लागि आन्तरिक ऋण उठाउन यस्तो बचत पत्र जारी गरिन्छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि ४ अर्ब रुपैयाँको बचत पत्र निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ। यो वैशाखदेखि असारसम्ममा मात्रै ३ अर्ब ३ करोड रुपैयाँ उठाउन लागेको हो। सेतोपाटीबाट
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९ १६:०५