शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • अन्तर मावि स्तरिय खुल्ला छात्रा फुटबलको उपाधी माउन्ट एभरेष्टलाई
अन्तर मावि स्तरिय खुल्ला छात्रा फुटबलको उपाधी माउन्ट एभरेष्टलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, भदौ १४, २०७६
Chatra-Footballa-3

बेनी,शनिबार भदौ १४ गते ।
बेनीमा सम्पन्न अन्तरमावि स्तरिय खुल्ला छात्रा फुटबलको उपाधी माउण्ट एभरेष्ट आवासिय माविले हात पारेको छ । न्यु दोभान युवा क्लबले क्लब अधयक्ष स्वर्गिय अनन्त गिरीको स्मृतीमा आयोजना गरेको प्रथम अन्तर मावि स्तरिय खुल्ला छात्रा फुटबल प्रतियोगिताको उपाधि माउन्ट एभरेष्ट आवासीय मावि बेनीले हात पारेको हो । शनिबार बेनीको खुल्ला मञ्चमा भएको फाइनलमा म्याग्दी बहुमुखी क्याम्पसलाई शून्यका बिरुद्ध तीन गोल गर्दै माउन्टले उपाधि जितेको हो ।

बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद तीस र बीस हजार रुपैयाँ पुरस्कार हात पारेका छन् । प्रतियोगितामा माउन्टकी डिम्पल गुरुङलाई उत्कृष्ट खेलाडी, म्याग्दी क्याम्पसकी रविना परियारलाई उत्कृष्ट गोलरक्षक, ५ गोल गरेकी माउन्टकी दिपा रोका सर्वा्धिक गोलकर्ता र म्याग्दी एकेडेमी सिंगालाई अनुशाषित टिमको पुरस्कार प्रदान गरिएको थियो । वेष्ट पोइन्टकी दिपशिखा किसानलाई राइजीङ प्येयरको उपाधी प्रदान गरिएको थियो ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा म्याग्दी, बागलुङ र पर्वतका १३ विद्यालयको सहभागिता थियो । पुरस्कार वितरण गर्दै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले विजय विद्यालयलाई बधाई दिनुहुँदै प्रतियोगिताले छात्राहरुलाई फुटबल प्रति आकर्षित गर्न प्रेरित गर्न सहयोग पुग्ने बताउनुभयो ।


खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले विजय विद्यालयलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो । क्लबका कार्यवाहक अध्यक्ष सविन श्रेष्ठको अध्यक्षता र सचिव सुमित सुवेदीको संचालनका कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६  २३:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP