शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • दानामा कांग्रेसको चुनावी सभा
दानामा कांग्रेसको चुनावी सभा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, वैशाख १९, २०७९
annapurna (4)
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रबाट उम्मेदवार बनेका उम्मेदवारहरु प्रचारप्रसारको साथमा आफ्नो योजना र प्रतिबद्धतालाई लिएर जनता माझ जाने कार्यक्रमलाई तिब्रता दिएका छन् ।सोमबार पालिकाको वडा नं. ३ दानामा चुनावी सभा सम्पन्न गरेको छ । नेपाली काँग्रेसबाट अन्नपूर्ण गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका क्या. बलबहादुर तिलिजाले अन्नपूर्णलाई समृद्ध र विकसीत पालिका निर्माण गर्नका लागि आफु पालिका अध्यक्षमा उम्मेदवार बनेको बताउनुभयो । ‘म विगत १५ बर्ष देखि जनताको सेवामा नै सक्रिय नै छु, यो बिचमा मैले धेरै जनताको आवश्यकता बुझेको छु ,’ उहाँले भन्नुभयो , ‘हामीले चिप्ला भाषणा गरेर होइन, काम गरेर देखाउन आएका हौँ, व्यक्तिगत खर्चबाट समाज सेवा धेरै गरे अब सरकारी तवरबाट सेवा गर्न चहान्छौँ ।’ उहाँले थप्नुभयो ,‘अहिले सम्म पुगेको पालिकाका प्रत्येक वटामा बाह्रै महिना यातायात सञ्चालन हुने सडक, प्रत्येक टोलमा स्वास्थ्य संस्था निमार्ण गर्ने र हरेक दिन बेरोजगारी विदेशीने युवाहरुको सल्लाह सूझावमा युवालाई स्वरोजगार बनाउनेछु,’उहाँले भन्नुभयो । समाज परिर्वतनको मुख्य कार्य शिक्षा रहेकाले अहिले सरकारी विद्यालयमा विद्यार्थी कम हुने समस्यालाई मध्येनजर गर्दै प्रत्येक विद्यालयलाई स्तरउन्नति गरेर विद्यालयमा विद्यार्थी संख्या बृद्धि गरेर गुणस्तर शिक्षा प्रदान गर्न आफुलाई पालिकामा मतदान दिएर विजय गराउन समेत अनुरोध गर्नुभयो । त्यस्तै गाउँपालिका उपाध्यक्ष उम्मेदवार ललिता पुन तिलिजाले पालिकामा रहेका महिलाहरुको सिप तथा क्षमता विकास गरि आत्मनिर्भर बनाउने, स्थानीय उत्पादनलाई प्राथमिकता दिएर महिलाहरुलाई आर्थिक अबस्थामा आत्मनिर्भर बनाउने आफ्नो पहिलो प्रतिबद्धता रहेको बताउनुभयो । ‘हाम्रो समाजमा अझै महिलाहरु आत्मनिर्भर नभएर पछि परेका छन्, उहाँहरुलाई स्थानीय उत्पादनको आधारमा रोजगारी प्रदान गरेर व्यवसायीक बनाउन आफुलाई रुख चिन्हमा मतदान गर्न अन्नपूर्ण गाउँपालिका बासीलाई अपिल गर्दछु ।’ त्यस्तै उक्त कार्यक्रममा वडा नं. ३ का नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार सुरत केसीले दानालाई पर्यटकीय, विकासीत संगै नमुना वडा बनाउन आफु उम्मेदवार भएको बताउनुभयो । वडाबासी सामु यस पटक युवालाई रुख चिन्हमा मतदान गरि युवाको योजनालाई कार्यन्वयन गर्ने अवसर दिन समेत अनुरोध गर्नुभयो । कार्यक्रममा नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरी करिब ६० जना कांग्रेस प्रवेश गरेका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  २२:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP