शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • अर्थमन्त्रीको विश्लेषणः लेखा परीक्षणमा प्लसका ठाउँमा शून्य राखिएकाले गरिबी अन्त्य भएन
अर्थमन्त्रीको विश्लेषणः लेखा परीक्षणमा प्लसका ठाउँमा शून्य राखिएकाले गरिबी अन्त्य भएन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, वैशाख २०, २०७९
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्नको लागि मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको बताउनुभएको हो । उहाँले मुलुकको विभिन्न क्षेत्रमा लेखा परीक्षण गरेर राष्ट्रको सम्पत्ति एकिन गर्न सक्नुपर्ने बताउनुभयो । मुलुक भित्रका हिमालहरु, तराई, पहाड, नदिहरु, झरनाहरु, श्रमिक र युवा बहुल श्रमिकहरुको मूल्य पहिचान गरेर लेखा परीक्षण गर्नुपर्ने बेला आएको भन्दै मन्त्री शर्माले लेखा परीक्षकहरुलाई परीक्षण गर्न आग्रह गर्नुभयो । उहाँले यस्तो कुराहरुको लेखा परीक्षण नगरी राष्ट्र निर्माणलाई नयाँ दिशा दिन नसकिने बताउनुभयो । मन्त्री शर्माले मुलुकको राष्ट्रिय स्वाधिनता जोगाउन र आत्मनिर्भर बनाउनको लागि आफ्नो इमान्दारिताको समेत परीक्षण गर्न जरुरी रहेको दोहोर्‍याउनुभयो।  अर्थमन्त्री शर्माले मुलुकमा विद्यमान गरिबी अन्त्य नहुनुको कारण खोजी गर्न पनि लेखा परीक्षण गर्नुपर्ने बेला भएको बताउनुभयो । उहाँले विगतमा लेखा परीक्षण गर्दा प्लस राख्ने ठाउँमा शून्य राखिएकाले गरिबी अन्त्य नभएको बताउनुभयो। अब मुलुकको गरिबीको लेखा परीक्षण गरिएन भने गरिबी अन्त्य गर्न नसकिने मन्त्री शर्माको तर्क थियो। उहाँले कसरी मुलुकमा व्यापार घाटा भइरहेको छ, त्यसको पनि लेखा परीक्षण गरिएन भने थप चुनौती बढ्दै जाने बताउनुभयो । मुलुकमा हुने उत्पादन, कृषि जमिनको समेत लेखा परीक्षण गर्नुपर्ने भन्दै अर्थमन्त्री शर्माले यस्ता कुराको लेखा परीक्षण नहुँदा ८ महिनामा ३ अर्बको आयात गर्नु परेको बताउनुभयो। अर्थमन्त्री शर्माले विगतमा लेखा परीक्षणमा कहाँ–कहाँ त्रुटी भएको छरु त्यसको खोजी भइरहेको बताउनुभयो। लेखा परीक्षकहरुले परीक्षण गर्दा भाग गर्ने चिन्ह प्रयोग गर्न पर्ने स्थानमा गुणा गरियो भने ठूलो समस्या र चुनौती आउनु भन्दै मन्त्री शर्माले इमानदारिता, जिम्मेवारी भएर लेखा परीक्षण गर्नुपर्ने बताउनुभयो। उहाँले लेखा परीक्षण गर्ने परीक्षक व्यक्तिगत स्वार्थमा लाग्यो भने देशको अर्थतन्त्र वा समग्र प्रणालीमा नै असर पर्नेतर्फ सचेत गराउनुभयो । nagariknews.nagariknetworkबाट  
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १६:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP