शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्र बैंकले पौने १४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै
राष्ट्र बैंकले पौने १४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, वैशाख २९, २०७९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार पौने १४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले आगामी जेठ ३ गते सर्वजनिक गर्नेगरि आज कुल १३ अर्ब ७४ करोड ५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको हो । एक सूचना जारी गर्दै बैंकले आज दिउँसो ३ बजे उक्त ट्रेजरी बिलको बोलकबोल हुने जनाएको छ । इच्छुक लगानीकर्ता वा बिल खरिदकर्ताले सो समयभित्र आवेदन दिइसक्नुपर्नेछ । बैंकले तीन किसिमको बिल सार्वजनिक गर्न लागेकोमा ९१ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याएको छ भने १८२ दिनका लागि ९ अर्ब ८५ करोड ५ लाख रुपैयाँ र ३६५ दिनका लागि १ अर्ब ८९ करोड रुपैयाँ छुट्याएको छ । ट्रेजरी बिल २०७९ जेठ ३ गतेदेखि जारी भएर अधिकतम ३६५ दिनको आगामी वर्ष २०८०, जेठ २ गते परिपक्व हुनेछ । ट्रेजरी बिल खुल्ला प्रतिस्पर्धाबाट बाँडफाँड गरिने भनिएपनि अधिकतम ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाटै र बाँकी १५ प्रतिशत भने विनाप्रतिस्पर्धा बाँडफाँड गरिने बैंकले जनाएको छ । रातोपाटीबाट
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १३:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP