शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • युगान्डासँगको दोस्रो खेलमा नेपाल १ विकेटले पराजित
युगान्डासँगको दोस्रो खेलमा नेपाल १ विकेटले पराजित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, जेठ ३, २०७९
nepal team
काठमाडौं । नेपाल र युगान्डाबीचको दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल १ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले दिएको १०२ रनको लक्ष्य १९.५ ओभरमा पूरा गरेको हो । खेलमा युगान्डाले अन्तिम बलमा जित निकाल्दै रोमाञ्चक तरिकाले जित निकालेको हो । पाँच खेल सम्मिलित सिरिजमा लगातार २ जित दर्ता गर्दै युगान्डाले यश सिरिजमा अग्रता कायम राखेको छ । युगान्डाका लागि ओपनरद्वय केभिन विनो र लियोना बर्वीले क्रमश: ४ र ९ रनमा आउट भए । दोहोरो अंक बनाउन नसकेका ओपनरद्वयको कसर तेस्रो र चौथो क्रममा आएका जानेत बाबाबजी र रिता मुसामानीले पूरा गरे । तेस्रो क्रमकी जानेतले १६ र चौथो क्रममा आएकी रिताले ३० रन बनाइन् । पाँचौं क्रमकी ब्याटर फ्रङ्क्लिन नजुम्बाले १९ रन बनाउँदै क्याच आउट भइन् । छैटौं क्रममा आएकी रीता न्याङ्दो भने २ रनमा नै रुविना क्षेत्रीबाट क्याच आउट भइन्। सातौं क्रममा आएकी फियोना कुलुमी पाँच रनमा बोल्डआउट भइन् । आठौं क्रकी ब्याटर इभ्ल्यान एनिपो गोल्डेन डक भइन् । नवौं क्रमकी ब्याटर कोन्की अवे २ रनमा अविजित रहिन् भने दशौं क्रमकी ब्याटर सारा वलजा रनआउट भइन् । एघारौं क्रममा आएकी सारा अकितेङ ३ रनमा अविजित रहिन् ।नेपालका लागि कविता कुँवर र सबनम राईले समान २र२ विकेट लिए । रुविना क्षेत्री र सीता रानामगरले समान १र१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०१ रनको योगफल तयार पारेको थियो ।नेपालका लागि ओपनिङमा आएकी बिन्दु रावलले २ चौकासहित सर्वाधिक २६ रन बनाइन् । चौथो नम्बरमा क्रिजमा आएकी सरिता मगर २२ रन बनाएर आउट भइन् । युगान्डाको वलिङमा जानेत बाबाजीले सर्वाधिक २ विकेट लिइन् । इभेलेन एनपियो, कोन्की अवेको, रिता मुसामालीले समान एक विकेट लिए । अनलाइनखबरबाट
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १७:०४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP