शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • मजदुरका छोराछोरीलाई शैक्षिक सामग्री सहयोग
मजदुरका छोराछोरीलाई शैक्षिक सामग्री सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, जेठ ४, २०७९
IMG_005
म्याग्दी ।म्याग्दी जिल्लाको निर्माण क्षेत्रमा क्रियाशील मजदुरका छोराछोरीहरुलाई आज (बुधवार) शैक्षिक सामग्रीहरु सहयोग भएको छ । कोरियाको निर्माण क्षेत्रमा आबद्ध त्यहाँका मजदुर तथा नेपालबाट कोरिया गई फर्किएका नेपालको निर्माण क्षेत्रका मजदुरहरुको व्यवस्थापनमा सामग्री सहयोग गरिएको हो । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) बेनी नगर कमिटी म्याग्दीको समन्वयमा १४ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । निर्माण क्षेत्रमा आबद्ध रही निम्न आय भएका मजदुरका कक्षा ३ देखि ११ सम्म अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको जिफन्टले जनाएको छ । बालबालिकालाई १ वर्षसम्म पुग्ने गरी कपीकलम, पेन्सिल, मसी, झोला र विद्यालय पोशाक सहयोग भएको छ । नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपालका केन्द्रीय कमिटी महिला विभाग प्रमुख बलादेवी राईको विशेष उपस्थितिमा बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । कार्यक्रममा महिला विभाग प्रमुख राईसहित जिल्ला सचिव पुजा छन्त्याल, जिफन्ट बेनी नगर कमिटीका अध्यक्ष राजकुमार राई र उपाध्यक्ष लङ्कमान तामाङले सामग्री वितरण गर्नुभएको थियो । कार्यक्रम जिफन्ट बेनी नगर कमिटी सचिव अर्जुन रानाको सञ्चालनमा सम्पन्न भएको थियो । निर्माण क्षेत्रका कोरियाली मजदुरहरुले हरेक वर्ष नेपालमा मजदुरका छोराछोरीलाई अध्ययनमा सहयोग गर्ने उद्देश्यसहित शैक्षिक सामग्रीहरु सहयोग गर्दै आइरहेका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  २१:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP