शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मेयर नजित्दै अर्थमन्त्रीसँग बजेट मागेर फर्किए धनराज !
मेयर नजित्दै अर्थमन्त्रीसँग बजेट मागेर फर्किए धनराज !
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, जेठ १०, २०७९
dhan
पोखरा । नयाँ जनप्रतिनिधिको अहिले पोखरामा मतगणना जारी छ । मत गणनाको ११ औं दिनसम्म आइपुग्दा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङको जित निश्चित भएको छ । १ लाख ३९ हजार मत गणना हुँदा आचार्य ५ हजार ४८५ र उपेयरमा मञ्जुदेवी ३ हजार ९९० मतान्तरले अगाडि हुनुहुन्छ । अब मत गणना गर्न ३ हजार ८१५ मतमात्रै बाँकी छ । निर्वाचनको अन्तिम मत परिणाम नआउँदै नेकपा एकीकृत समाजवादीका आचार्य शनिबार काठमाडौं पुगेर फर्किनुभएको छ । प्रमुख पदमा जित्ने पक्का भएपछि आचार्यले अर्थमन्त्री जनार्दन शर्मासँग भेटेर पोखराका लागि बजेट मागेर फर्किनुभएको हो।आचार्यले निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न ल्यान्डफिल्ड साइट सार्नका लागि आवश्यक बजेट माग गरेर फर्किएको बताउनुभएको छ । नयाँ ल्यान्डफिल्ड बनाउन पोखरासँग आवश्यक बजेट नभएको र त्यसका लागि संघ सरकारको सहयोग अनुरोध गरिएको उनले मंगलबार पत्रकारसँग कुरा गर्दै जानकारी दिनुभयो। ‘जितको कुरामा पहिल्यैदेखि पक्का थिएँ । अब, बजेट आउँदै छ । त्यसैले पोखराका लागि तत्काल समेट्नुपर्ने योजना अर्थमन्त्री समक्ष टिपाएर आएको छु,’ आचार्यले भन्नुभयो, ‘चुनौती बनेको ल्यान्डफिल साइट यहि बजेटमा समेटिएन भने फेरि ६ महिनामा सकिने काम एक वर्ष ढिलो हुन्छ । म ढिलो हुन चाहन्नँ ।’ निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अहिले ९८ प्रतिशत काम सकिएको छ । तर, भौतिक निर्माण काम सकिने अवस्थामा पुग्दा पनि ल्यान्डफिल साइट, रिठ्ठेपानी डाँडा कटान, इन्धन डिपो, भलबाढी लगायत समस्या समाधान हुन सकेको छैन । निर्माणाधीन विमानस्थल नजिकै रहेको ल्यान्डफिल्ड साइटका कारण उडानलाई प्रत्यक्ष प्रभाव पार्ने आयोजनाले चेतावनी दिँदै आएको छ । ल्यान्डफिल्ड साइटमा बासस्थान बनाएका चराका कारण ‘बर्ड हाजार्ड’ हुन सक्ने आयोजनाको भनाइ छ । विमानस्थल निर्माण सुरु गरेदेखि नै उक्त ल्यान्डफिल साइट सार्न महानगरलाई पटकपटक अनुरोध गर्दै आएको थियो । तर, उक्त समस्या समाधान गर्न नसक्दा महानगरको टाउको दुखाइ बन्दै आइरहेको छ । पोखराका निवर्तमान मेयर मानबहादुर जिसीको कार्यकालमा पोखरा वडा नम्बर १६ र २० बीचमा रहेको पस्मराङमा ल्यान्डफिल साइड सार्ने तयारी गरिएको थियो । तर, स्थानीयको तीव्र आलोचना पछि महानगर पछि हट्न बाध्य भयो । महानगरका जनप्रतिनिधिको कार्यकाल सकियो तर, पोखरा महानगरले नयाँ ल्यान्डफिल पाउन सकेन । अनलाइनखबरबाट
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १५:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP