विराटनगर । प्रदेश १ मा जेठ १६ का लागि बजेट अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले सरकारको सिफारिसमा मंगलबार बजेट अधिवेशन आह्वान गर्नुभएको हो ।
मन्त्रिपरिषद्को जेठ ९ गतेको सिफारिसमा खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० जेठ १६ गते सोमबारका दिन विहान ११ बजे प्रदेश प्रदेश सभाको दशौं तथा बजेट अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रातोपाटीबाट
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ १५:५४