शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • वृक्षारोपण गरी कांग्रेस म्याग्दीले सुरु ग¥यो दोस्रो जागरण अभियान
वृक्षारोपण गरी कांग्रेस म्याग्दीले सुरु ग¥यो दोस्रो जागरण अभियान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, भदौ २४, २०७६
bp

बेनी,मंगलबार भदौ २४ गते ।
नेपाली कांग्रेस म्याग्दीले दोस्रो चरण अन्तर्गतको जागरण अभियान सुरु गरेको छ । सरकारमा प्रतिपक्षको भुमिकामा रहेको कांगेसले मंगलबारदेखी देशभर द्रोस्रो चरण अन्तर्गतको हिमाल ,पहाड तथा तराई जागरण अभियान सुरु गरेको छ ।

मंगलबारदेखी सुरु भएको कांग्रेस म्याग्दीले प्रदेश सभा ( क) र (ख )मा जागरण अभियान थालेको छ । प्रदेश सभा (क )को जागरण अभियानको केन्द्रीय सदस्य एवम् पुर्व सांसद गोविन्द पौडेलले र जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्वीर)ले संयुक्त रुपमा बर र पिपलको विरुवा रोपेर उद्घाटन गर्नुभएको हो ।

प्रदेश सभा क्षेत्र (ख) को केन्द्रीय सदस्य तथा पुर्व सांसद नरबहादुर पुन मगर ( निरज )ले मालिका गाउँपालिका ६ दरबाङ स्थित छ्यारछ्यारेमा वर र पिपलको विरुवा रोपेर उद्घाटन गर्नुभएको हो ।
छुट्टाछुट्टै आयोजित कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै नेताद्धय कंडेल र पुनले दुई तिहाइको सरकारले जनताले अनुभुति गर्ने खालका काम गर्न नसकेको बताउनुभयो ।

नेकपाले चुनावको समयमा जनता सामु गरेका बाचा भुलेको उहाँहरुको भनाई छ । दुइ तिहाइ बहुमत प्राप्त सरकारले भ्रष्टाचारलाई बढवा दिएको,बजार महङ्गी नियन्त्रण गर्न नसकेको तथा वेथेती मौलाउन दिएको आरोप लगाउनुहुँदै त्यसलाई रोक्न कांग्रेसले जागरण अभियान सुरु गरेको बताउनुभयो । सरकारको दमन र गलत क्रियाकलाप प्रती सबै जनाता एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।


दुई तिहाइको सरकारले वाडबडी काण्ड,सुन काण्ड तथा एनसेल कर प्रकरणमा छानविन, महङ्गी नियन्त्रणमा उदासिनता देखाएको उहाँहरुको आरोप छ । वर्तमान सरकारले राज्यको चौथो अंग प्रेस स्वतन्त्रताको घाटी निमोठ्ने काम गरेको बताउनुभयो ।

अंकुश लगाए पनि पत्रकारले गलत क्रियाकलाप विरुद्ध शसक्त रुपमा कलम चलाउन उहाँहरुले आग्रह समेत गर्नुभयो ।सोही अवसरमा कांग्रेस म्याग्दीले वृक्षारोपण गरेर १०६ औ विपि जन्मजयन्ती मनाएको छ । कांग्रेस म्याग्दीको आयोजनामा मंगलबार विपि जन्म जयन्तीको अवसरमा धार्मिक एवम् पर्यटीय क्षेत्र गलेश्वर स्थित पार्कमा विक्षारोपण गरेर मनाएको हो ।

नेताद्धय पुन र कंडेलले विपी कोरालाले देशलाई ठुलो योगदान दिएको स्मरण गर्दै कोरालाबाट राजनितिक दलहरुले ठुलो पाठ सिक्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला सभापति गर्वुजाको सभापतित्व ,उपसभापति तथा प्रदेश सभा (क )का सभापति माधव प्रसाद रेग्मीको स्वागत तथा सचिव क्या मिन बहादुर कार्किको संचालनमा कार्यक्रम समपन्न भएको थियो ।


दरबाङमा सम्पन्न भएको प्रदेश सभां (ख) को सभापति कमल छन्त्यालको सभापतित्व,सचिव श्रीराम पौडेलले पौडेलले संचालन गर्नुभएको कार्यक्रममा सचिव हिराबहादुर पुन मगरले स्वागत मन्तव्य व्यक्त र्गुभएको थियो ।

कार्यक्रममा नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष विमला गौचन , नेपाल तरुणदल म्याग्दीका उपाध्यक्ष एवम् गाउँपालिकाका अध्यक्ष श्रीप्रसा रोका मगर लगायतको उपस्थिती रहेको थियो ।
कांग्रेस म्याग्दी प्रदेश सभा (ख )ले बुधबारदेखी धवलागिरी गाउँपालिका वडा नं ५ मराङबाट जागरण अभियान सुरु गर्ने सचिव पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार प्रदेश सभा (ख)को पार्टी कार्यालय पनि स्थापना गरिएको छ ।


प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  २२:४९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP