शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मंगलामा कांग्रेसको पालिकास्तरीय अगुवा कार्यकता भेला
मंगलामा कांग्रेसको पालिकास्तरीय अगुवा कार्यकता भेला
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, भदौ ३, २०७९
mangala congress (1)
बेनी । आगमी प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लक्षित गरी नेपाली कांग्रेसको बिहिबार मंगला गाउँपालिकास्तरीय पालिकास्तरीय अगुवा कार्यकता भेला गरेको छ । जिल्लाका सबै स्थानीय तहमा एक साताभित्र पालिकास्तरीय कार्यकता भेला, संगठन सुदृढीकरण, भातृसंस्था र शुभेच्छुक संस्थाको तयारी सहित रणनीति निर्माण लगायतमा केन्द्रित रहेको कांग्रेसले मंगलामा आयोजित कार्यक्रममा पालिकाभित्रको अवस्थाका बारेमा समेत समिक्षा सहित रणनीतिका बारेमा छलफल गरेको थियो । भेलामा जिल्ला सभापति खमबहादुर गर्बुजा, निर्वतमान सभापति एवम् संविधानसभा सदस्य रेशमबहादुर बानियाँ,उपसभापति हरिकुमार श्रेष्ठ, केबी भण्डारी, प्रदेश ख सभापति टंक पुन, पूर्व उपसभापति नेत्रबहादुर महत, पूर्व सचिव क्या। मिनबहादुर कार्की लगायत जिल्लास्तरीय नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । भेलालाई सम्बोधन गर्ने क्रममा नेताहरुले मंगलाभित्रका सबै वडा, बस्ती र टोलसम्म संगठनका गतिविधिलाई चलायमना बनाउने गरी रणनीति बनाएर अगाडी बढ्न निर्देशन दिएका थिए । मंगला गाउँकार्यसमिति सभापति नरसिंह बहादुर केसीले सबै वडाका घरघर पुग्ने योजना बनाउने बताउनुभयो ।अभियानअन्तर्गत शुभेच्छुक संस्थालाई समेत बस्ती र क्षेत्रको केन्द्र हुने गरी कार्ययोजना बनाउने निर्णय भएको छ । मंगलामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले समेत आफ्नो कामका बारेमा जानकारी गराएका थिए । २०७९ साल मंसिर ४ गते आईतबारका दिन एकै चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  ११:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP