शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • एमाले म्याग्दीको भकुण्डे र बाबियाचौरमा चुनावी सभा
एमाले म्याग्दीको भकुण्डे र बाबियाचौरमा चुनावी सभा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, कात्तिक १९, २०७९
314394715_811582873453588_5884076837388605465_n
बेनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा आज (शनिवार) जिल्लाको विभिन्न स्थानमा चुनावी सभा सम्पन्न भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत बेनी नगरपालिका–२, ज्यामरुककोटको खबरा, भकुण्डे तथा मंगला गाउँपालिका–२, बाबियाचौर र हिदीमा चुनावी कार्यक्रम आयोजना गरिएको हो । चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई पुरा गर्नका लागि देशमा एमालेको सरकार आवश्यक रहेकाले मंसिर ४ गतेको निर्वाचनमा एमालेलाई भोट दिएर जिताउनुपर्ने बताउनुभयो । उहाँले देशमा भएको स्रोतसाधनको परिचालन गरी देश विकास गर्न र स्वदेशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने एमाले प्रतिबद्धता रहेको बताउँदै देशमा जनमुखी बजेट तथा योजना निर्माण गरी कार्यान्वयन गर्न एमालेको विकल्प नभएकोमा जोड दिनुभयो । सोही कार्यक्रममा बोल्दै एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवं प्रतिनिधि सभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठले आफू संसदमा पुगेर जिल्लाको शिक्षा, स्वास्थ्य, सडक, विद्युत, पूर्वाधारलगायत क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । आफूले विगत लामो समयदेखि म्याग्दी जिल्लामा राजनीति, शैक्षिकलगायत विभिन्न क्षेत्रको नेतृत्वमा रहेर जिल्लालाई नजिकबाट बुझेको बताउँदै उहाँले जिल्लाको विकासमा हातेमालो तथा म्याग्देली जनताको सेवा गर्नका लागि आसन्न प्रतिनिधि सभाको निर्वाचनमा आफूलाई मतदान गरी विजयी बनाउन मतदाताहरुलाई अनुरोध गर्नुभयो । एमाले म्याग्दीका अध्यक्ष एवं प्रदेशसभा (१)का उम्मेदवार देवेन्द्रबहादुर कटुवालले आफू यसअघि जनप्रतिनिधिको भूमिकामा रहेर जिल्लाको समग्र विकासमा पहल गरेको बताउँदै थप काम गर्ने अवसर दिन आसन्न निर्वाचनबाट एमालेको पक्षमा मतदान गरी विजयी बनाउनुपर्ने बताउनुभयो । उहाँले अहिलेसम्म देशमा बनेका सबै सरकारहरुमध्ये नेकपा एमालेको सरकारले देशको दीर्घकालीन विकासका लागि महत्वपूर्ण कामहरु गरेको बताउँदै देश विकासलाई गति दिन एमालेले जित्नुपर्ने बताउनुभयो । भकुण्डेमा भएको कार्यक्रममा एमाले जिल्ला सदस्यद्वय राजेन्द्रकुमार श्रेष्ठ, डम्बर सापकोटा र अनेरास्ववियुका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम नगर कमिटी सचिव सुवास विश्वकर्माको सञ्चालन र सीता घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैगरी वडा कमिटी उपाध्यक्ष लोकनारायण जिसीको अध्यक्षतामा खबरामा)सम्पन्न कार्यक्रममा बेनी नगर कमिटी अध्यक्ष नारायण जिसीले मन्तव्य व्यक्त गर्नुभएको थियो भने सदस्य गौमती नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो । रत्नेचौरको अर्जममा एमाले उम्मेदवारसहित नेता, कार्यकर्ताहरुले घरदैलो गरेर मतदाताहरुलाई भेटघाट गरी भोट मागेका छन् । यसैगरी मंगला गाउँपालिका–२, बाबियाचौरमा सम्पन्न चुनावी सभालाई एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नरदेवी पुनले सम्बोधन गर्दै देशको सुदृढ विकासका लागि एमाले उम्मेदवारलाई भोट दिएर जिताउन अपिल गर्नुभयो । प्रदेशसभा (२)का उम्मेदवार यामबहादुर गर्बुजाले देशमा भौतिक पूर्वाधारको विकास तथा निर्माण गरी देशलाई अग्रगमनको गतिमा अगाडि बढाउन एमालेलाई जिताउनुपर्ने बताउनुभयो । कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सदस्य सुवास विश्वकर्मा, जिल्ला सदस्य प्रगति कार्की र अनेमसंघका अध्यक्ष यशुदा रोकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम एमाले वडा कमिटी अध्यक्ष जीवन कार्कीको अध्यक्षता, गाउँपालिका कमिटी सचिव चिरन्जीवी शर्माको सञ्चालन र जिल्ला सदस्य सिर्जना केसीको स्वागतमा सम्पन्न भएको थियो । त्यस्तै हिदीमा पनि जिल्ला सदस्य सिर्जना केसीको सञ्चालन, पालिका कमिटी उपसचिव राजु पाण्डेको स्वागत र वडा कमिटी उपसचिव चन्द्रमान शेरपुन्जाको अध्यक्षतामा चुनावी सभा सम्पन्न भएको एमाले म्याग्दीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  २२:०४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP