शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मालिका र रघुगंगामा एमालेको चुनावी सभा
मालिका र रघुगंगामा एमालेको चुनावी सभा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, कात्तिक २३, २०७९
314576768_1249832845860302_7535025304405828736_n
बेनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा उम्मेदवारहरुले म्याग्दीको विकासका लागि कृषि, जलस्रोत र पूर्वाधार विकास गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ चुनाव प्रचारप्रसार मूल कार्यक्रमअन्तर्गत आज (बुधवार) मालिका–१ निस्कोट, रघुगंगा–५, झिँ र ६ पाखापानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् । निस्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उम्मेदवार एमाले नेता हरिकृष्ण श्रेष्ठले जिल्लाको विकासका लागि कृषि, जलस्रोत, पर्यटन र पूर्वाधारमा जोड दिने बताउनुभयो । उहाँले यसअघि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको पहलमा म्याग्दीलाई हिमाली जिल्ला घोषणा, रणनीतिक सडक निर्माण, उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको स्तरीकरण, विद्युत, खानेपानी, जनता आवास, विद्यालय तथा स्वास्थ्यचौकीहरुको भवन निर्माणलगायत थुप्रै कामहरु भएको बताउँदै बाँकी काम गर्नका लागि आफू चुनावी मैदानमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म्याग्दीको भूगोलअनुसार विकास, जैविक विविधताको संरक्षण एवं व्यावसायिकरण र प्राकृतिक सम्पदाको दीगो विकासमार्फत आम म्याग्दीवासीलाई समृद्ध जीवन बाँच्ने आधार निर्माण गर्ने योजना बनाएका छौंं । त्यसैले सुखी म्याग्देलीको अभियान पुरा गर्न र समृद्ध म्याग्दी बनाउनका लागि एमालेले जित्नुुको विकल्प छैन ।’ यसअघि पनि जिल्लाको विकासमा एमालेले महत्वपूर्ण भूमिका खेलेको बताउँदै म्याग्दीमा पर्यटकीय क्षेत्रको विकासमा पदमार्ग निर्माण, लामो तथा झोलुङ्गे पुलमार्फत एक वस्तीदेखि अर्को वस्तीलाई जोड्ने झोलुङ्गे एवं पक्की मोटरेबल पुलहरु निर्माण, सडकको स्तरोन्नति, शिक्षा र स्वास्थ्यका भवनहरु निर्माणलगायत कामहरु भएको उम्मेदवार श्रेष्ठले बताउनुभयो । सोही सभामा प्रदेशसभा (२)का उम्मेदवार यामबहादुर गर्बुजाले म्याग्दीको विकासमा भैरहेका योजनाको वस्तुगत समीक्षासहित आवश्यकताअनुसार अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजना निर्माण गरी अघि बढ्ने बताउँदै त्यसका लागि एमाले पार्टी र एमालेका उम्मेदवारहरुलाई भोट दिएर जिताउन मतदाताहरुलाई अपिल गर्नुभयो । उहाँले म्याग्दीको पश्चिम क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा ढल निकास, फोहोरमैला व्यवस्थापन र सरसफाई, विद्युतीकरण, आधुनिक ऊर्जा, जलस्रोत तथा सिँचाइलगायत क्षेत्रको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य नरदेवी पुन र गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले केपी ओली नेतृत्वको एमाले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को सङ्कल्पलाई पुरा गर्न मंसिर ४ गतेको निर्वाचनमा एमालेलाई मतदान गरी विजयी बनाउनुपर्नेमा जोड दिनुभयो । देशमा तीव्र विकास गर्न, आर्थिक समृद्धि ल्याउन, विदेशी देशहरुसँगको नीति सन्तुलित बनाउन, स्वदेशमै रोजगारी सिर्जना गर्न, नागरिकलाई आधारभूत सेवासुुविधाहरु उपलब्ध गराउन एमालेको नेतृत्व आवश्यक रहेको नेताद्वयको भनाइ छ । यसैगरी रघुगंगाको झिँ र पाखापानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रदेशसभा (१)का उम्मेदवार एमाले जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवालले म्याग्दीलाई समृद्ध बनाउन खासगरी जलस्रोत, कृषि, पर्यटन र पूर्वाधारको क्षेत्रमा लगानी केन्द्रीत गर्नुपर्ने बताउँदै आर्थिक समृद्धि, दीगो शान्ति र राजनीतिक स्थायित्वका लागि एमालेलाई जिताउनुपर्ने बताउनुभयो । उहाँले जिल्लामा सडक तथा यातायातको व्यवस्थापन, गरिब तथा दिनदुःखीलाई आवासको व्यवस्था, कृषि तथा पशुपन्छी, भूमि व्यवस्थापन र वस्तीको विकास गर्न, पर्यटन र पूर्वाधार विकासमा जोड दिने बताउँदै खेलकुद क्षेत्रको विकास, महिला समानता र सशक्तिकरणमा जोड दिने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै नेकपा एमाले केन्द्रीय सदस्य एवं निवर्तमान प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले संविधान जारी गर्न, भारतले लगाएको नाकाबन्दी हटाउन, भूकम्पपछिको पुनर्निर्माण, चीनसँग पारवहन सन्धी–सम्झौता र स्वदेशमै रोजगारी सिर्जनामा एमाले नेतृत्वको सरकारले महत्वपूर्ण भूमिका खेलेकाले एमालेले जित्नुको विकल्प नभएको बताउनुभयो । २०४८ सालदेखि देशमा बनेका सरकारहरुमध्ये कुन पार्टीको नेतृत्वमा बनेकाले कस्तो काम ग¥यो त्यसको मूल्याङ्कन गर्न म्याग्दीवासीलाई आग्रह गर्दै उहाँले एमाले नेतृत्वको सरकाले ज्येष्ठनागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, अशक्त, पिछडिएका वर्ग तथा समुदायको उत्थानमा धेरै कामहरु गरेको खुलासा गर्नुभयो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  २१:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP