शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • मंगलामा माओवादीको जनतासँग पार्टी अभियान
मंगलामा माओवादीको जनतासँग पार्टी अभियान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, फागुन २५, २०७९
MC Mangala (4)
बाबियाचौर । नेकपा माओवादी केन्द्रले मंगला गाउँपालिकामा दुई महिने जनतासँग पार्टी अभियान सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा बुधबार गाउँ कमिटिका अध्यक्ष यामबहादुर रोकाको अध्यक्षतामा बसेको बैठकले वडा र टोल स्तरमा दुई महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पालिकाको सबै वडातहमा पार्टीको संगठन विस्तार, जनवर्गीय संगठनहरुको विस्तार र पुर्नगठन संगै जनताका गुनासा र सुझाब संकलनमा अभियानलाई केन्द्रित गरिने माओवादी केन्द्रको मंगला गाउँपालिका कमिटिका सचिव पृथीलाल बिकले बताउनुभयो । भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इञ्चार्ज गोविन्द पौडेलले राष्ट्रपति चुनावको सन्दर्भमा माओवादी–काँग्रेस सहितका आठ दलीय गठबन्धन संविधान र उपलब्धीको रक्षका लागि बनेको बताउनुभयो । “एमाले, रास्वपा र राप्रपाले प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपनि सपथ लिने र सरकार गठन तथा विस्तारकै क्रममा घेराबन्दी गर्न थालेका थिए । एमालेका अध्यक्ष केपी ओलीले संसदमै अघिल्लो कार्यकालमा दुई पटक गरेको संसद विघटन ठिक भएको दावी गरेपछि चुनाव अघि सहकार्य गरेका राजनीतिक दलहरु एक ठाउँमा आएका हुन,” उहाँले भन्नुभयो “चुनावमा जनतासँग गरेको प्रतिवद्धता अनुसारनै नयाँ गठबन्धनले पाँच वर्ष देश चलाउँछ । राजनीति बल्ल ठिक ठाउँमा आएको छ ।” संसदमा उपस्थित २७० मध्य २६८ सांसदले माओवादीलाई प्रधानमन्त्रीमा विश्वासको मत दिनु ऐतिहाँसिक भएको बताउँदै उहाँले फागुन १ गतेलाई सहिद दिवसका रुपमा मनाउनु, जनयुद्धका सहिदलाई राष्ट्रिय सहिदको मान्यता दिनुुका साथै नागरिकका आधारभूत आवश्यकता र समस्या सम्बोधनमा सरकार केन्द्रित भएको संविधानसभा सदस्य समेत रहेका पौडेलले बताउनुभयो । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य चन्द्रबहादुर बुढाथोकीले जनताका समस्या, गुनासा, आवश्यकता पहिचान र सम्बोधनमा पहल गर्ने र पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले दुई महिने जनतासँग माओवादी अभियान सञ्चालन भएको बताउनुभयो ।  
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  २०:५९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP